हामीले यस अंकमा लोकसेवा तथा अन्य परीक्षार्थीलाई लक्षित गरेर अध्ययनमा सजिलो होस् भनी केहि प्रश्नोत्तरका सुत्र प्रस्तुत गरेका छौं।
आशा छ हाम्रा पाठकको निम्ति फलदायी बन्नेछ।
१. नेपालको संविधान २०७२ का मौलिक हकहरु याद गर्न बनेको कविता
मौलिक हकहरू (धारा १६ देखि ४६ सम्म जम्मा ३१ ओटा)
सम्मान र स्वतन्त्रता, समानताको हक
संचारले न्याय दिन्छ, अपराध यातना निवारक।
न त हुन्छ छुवाछूत र भेदभाव यहाँ, सम्पत्तिले पोल्छ,
धर्म गर्दा सूचित हुइन्छ गोप्यता सब खुल्छ ।
शोषण रहित स्वच्छ वातावरण राख्न शिक्षित हुनु पर्छ,
भाषा, संस्कृति र रोजगार पाउन श्रम गर्नु पर्छ ।
स्वस्थ खाना, आवास राम्रो महिलालाई चाहिन्छ,
बालबालिका, दलित, बुढा सामाजिक भइन्छ ।
सामाजिक सुरक्षाले उपभोगलाई हेर्छ,
देश निकाला गरे भने संविधानले रोक्छ ।
२. भित्री मधेसमा पर्ने जिल्लाहरू
(उसिम चिन दासु, दासिसु म चिन उ)
सुत्र:- सुमन र चिउसी दाङ घुम्न गए !
सुर्खेत
मकवानपुर
नवलपरासी
चितवन
उदयपुर
सिन्धुली
दाङ
३. भिटामिनको रासायनिक नाम याद गर्ने तरिका
सुत्र- अरे वात सइ हे ! डिके इटा काफी हे !!
OR :- A रे B त C इ !! D के E टा K फि !!
भिटामिन A = रेटिनोल
भिटामिन B = थाईमिन
भिटामिन C = एस्कर्बिक
भिटामिन D= केल्सिफेरोल
भिटामिन E= ट्पोफेरोल
भिटामिन K = फिलिक्विनेन
४. हिरोसिमा र नागासाकीमा बम
(क) हिरो जहिले अघि आउछ, त्यसैले august 6 मा हिरोसिमा
(ख) August ९ मा नागासाकी।
त्यसैगरी बम सम्बन्धमा-
Fat man भन्दा Little boy जहिले छिटो कुद्न सक्छ त्यसैले August 6 मा little boy र August 9 मा Fat man