इटहरीः

१. विश्व प्रेस स्वतन्त्रता दिवस कहिले मनाईन्छ ?

- मई ३ तारिख

२. सन् २०२१ सम्ममा नेपालमा एक सिङ्गे गैँडाको संख्या कति पुर्याउने लक्ष्य राखिएको छ ?

- ८००

३. हुम्डे विमानस्थल नेपालको कुन जिल्लामा पर्दछ ?

- मनाङ

४. विश्वको बहुचर्चित आर्थिक पत्रिका फोर्ब्स म्यागेजिनका अनुसार सन् २०१८ को विश्वको सबैभन्दा शक्तिशाली व्यक्ति को बनेका छन् ?

- चिनियाँ राष्ट्रपति सी जिनपिंग 

५. नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको कहिले शिलान्यास भएको थियो ?

- वि.स. २०७५ वैशाख २७ गते

६. नेपाल सरकारको हालको मर्यादाक्रममा प्रदेश प्रमुख र प्रदेश सरकारका मुख्यमन्त्री कति औं स्थानमा पर्दछन् ?

- सातौं

७. भलिबल खेलको आविष्कारक  को थिए ?

- विलियम जर्ज मोर्गन (संयुक्त राज्य अमेरिका)

८. 'पृथ्वी दिवस' कुन दिन मनाउने गरिएको छ ?

- अप्रिल २२ 

९.  राणाकालिन प्रशासनिक व्यवस्थामा निजामती तथा जङ्गी कर्मचारीलाई रकम सापटी दिने अड्डालाई के भनिन्थ्यो ?

- तेजारथ अड्डा

१०. नेपालमा सर्वप्रथम स्मार्ट कार्डबाट सवारी चालक अनुमतिपत्र कहिले देखि वितरण गर्न थालिएको हो ?

- वि.स. २०७२ मङ्सिर १४ गते

११. समलिंगी विवाहलाई कानुनी मान्यता प्रदान गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?

-नेदरल्यान्ड्स (सन् २००१ अप्रिल १ बाट)

१२. चारकुने मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन् ?

- प्रताप मल्ल

१३. बनेपा-सिन्धुली-बर्दिबास सडक खण्डको लम्बाई कति रहेको छ ?

- १६० किमि

१४. जनजाति विकासका लागि नेपालमा ल्याइएको पहिलो कार्यक्रम कुन हो ?

- प्रजा (चेपाङ्ग) बिकास कार्यक्रम

१५. बीबीसी रेडियोले कहिले देखि नेपाली भाषामा कार्यक्रम प्रसारण गर्न थालेको हो ?

- सन् १९६७ जुन ७

१६. पब्लिक सर्भिस कमिसनलाई लोक सेवा आयोग भनी कहिले नामकरण गरिएको हो ?

- वि.स. २०१५ असार १६

१७. नेपालमा विज्ञान दिवस कहिले मनाइन्छ ?

- असोज १ गते

१८. युएनडिपीले सार्वजनिक गरेको मानव विकास सूचकांक २०१७ अनुसार नेपाल विश्वको कति औं स्थानमा पर्दछ ?

- १४९ औं स्थान (०.५७४ अङ्क)

१५. वि. स. २०७५ भाद्र २२ गते मनाइएको निजामती सेवा दिवसको नारा के हो ?

- नतिजामुखी प्रशासन: समृद्धि र सुशासन

१६. नारायणहिटी संग्राहलय कहिले देखि सर्वसाधारणका लागि खुला गरिएको हो ?

- वि.स. २०६५ फागुन १५ गते

१७. नेपालको राष्ट्रिय जनगणना २०६८ को जनसंख्या वृद्धिदर १.३५% का दरले जनसंख्या दोब्बर हुन कति समय लाग्छ ?

- ५२ बर्ष

१८. नथिया उपन्यासका कृतिकार को हुन ?

- सरस्वती प्रतिक्षा

१९.  सन २०१८ मा भारतको प्रसिद्व पद्मश्री पुरस्कार प्राप्त गर्ने नेपाली को हुन् ?

- डा. सन्दुक रुइत

२०. १३ औ योजनाको अन्त्य सम्म नेपालमा कति प्रतिशत जनता गरिबिको रेखामुनी रहेका थिए ?

- २१.६%

२१. केन्द्रीय बैंक नभएको एकमात्र देश कुन हो ?

- पनामा

२२. विश्वमा सर्वप्रथम राष्ट्रिय झण्डा प्रयोग गर्ने देश कुन हो ?

- डेनमार्क

२३. राष्ट्रिय गौरवको आयोजनाभित्र पर्ने रानीजमरा कुलरिया सिंचाई आयोजना कुन जिल्लामा रहेको छ ?

- टीकापुर, कैलाली

२४. लिम्बू भाषामा प्रयोग गरिने लिपीलाई के भनिन्छ ?

- सिरिजंघा लिपी

२५. नेपालमा सबैभन्दा बढी स्थानीय तहहरू रहेको जिल्ला कुन हो ?

- सर्लाही

 

पाेख्रेल इटहरी उपमहानगरपालिकामा कार्यरत छन् ।