सङ्खुवासभाः जिल्लामा रहेका एचआइभी सङ्क्रमितहरूले नियमित परीक्षण र औषधि सेवन गरेको पाइएको छ । जिल्ला अस्पतालमा ३ वर्षअघि एचआइभी सङ्क्रमितहरूका लागि औषधी वितरण केन्द्र वा एआइटी सेन्टर सञ्चालनमा आएपछि एचआइभी सङ्क्रमितहरू आकर्षित भएका हुन् । जिल्लामा यो औषधि वितरण केन्द्र स्थापना नहँुदा सङ्क्रमितहरूले धरानबाट ल्याएर औषधि सेवन गर्दै आएका थिए ।
जिल्ला एड्स समन्वय समितिको पहलमा जिल्लामा नै यस्तो सेवा पाएपछि सङ्क्रमितहरू पनि खुशी छन् । ‘यो केन्द्र यहाँ स्थापना भएको थिएन भने हामीलाई धरान, विराटनगर, काठमाडौं पुग्नुपथ्र्यो, आर्थिक अभाव पनि हुन्थ्यो,’ उनीहरू भन्छन्, ‘हामी नियमित औषधि खान पाउँदैनथ्यौँ र ज्यान नै जाने अवस्था पनि आउन सक्थ्यो । तर जिल्ला अस्पतालमा नै यो सुविधा पाएपछि हामी खुशी छाँै । नियमित औषधि खान पाएका छौँ ।’

जिल्लामा नै एआइटी सेन्टर स्थापना भएपछि नयाँ सङ्क्रमितसमेत फेला परेको एचआइभी एड्सका जिल्ला फोकल पर्सन रोशन श्रेष्ठले जानकारी दिए । उनका अनुसार जिल्लामा एचआइभी सङ्क्रमित ३३ जनाले नियमित औषधि सेवन गरिरहेका छन् । ३३ मध्ये १८ जना महिला र १५ जना पु?ष रहेका छन् । जसमा १२ जना छिमेकी जिल्ला भोजपुरका रहेका छन् ।

प्रदेश १ का सबै जिल्लामा यो कार्यक्रम लागू भए पनि प्रभावकारी कार्य गर्नेमा सङ्खुवासभा नै पहिलो भएको श्रेष्ठले दाबी गरे । उनका अनुसार अन्य जिल्लामा यो कार्यक्रम प्रभावकारी नभएकाले पनि यहीँ आउने गरेका छन् ।
श्रेष्ठका अनुसार जिल्लामा गर्भवती महिलाहरूको स्वेच्छिक रूपमा एचआइभी परीक्षण हुने गरेको छ । यस्तो परीक्षणलाई पिएमटिसिटी भनिन्छ । विशेषगरी गर्भवती महिलाहरूमा एचआइभी सङ्क्रमण रहे नरहेको प्रारम्भिक जानकारी हुनेछ । यदि गर्भवती आमा सङ्क्रमण भएको पाइएमा सुरक्षित प्रसूति गराउने र औषधिसमेत खुवाई बच्चालाई एचआइभी सङ्क्रमणबाट जोगाउने समेत व्यवस्था छ । अन्य व्यक्तिहरूको भने शंकास्पद देखिएमा मात्रै परीक्षण गर्ने गरिएको छ ।

यो सुविधा जिल्ला अस्पतालसहित ४ प्राथमिक स्वास्थ्य केन्द्र र ३३ वटै स्वास्थ्य चौकीहरूमार्फत् भइरहेको श्रेष्ठले जानकारी दिए । सङ्क्रमित गर्भवती आमाबाट जन्मिने बच्चामा एचआइभी सर्ने दर समेत रोक्न पनि सफल भएको उनले बताए ।

जिल्ला फोकल पर्सन रोशन श्रेष्ठका अनुसार जिल्लामा नयाँ रोगी कमै मात्र भेटिने गरेका छन् । पहिले नै सङ्क्रमित भएकाहरू अझै पनि स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर रहेको हुन सक्ने उनले बताए । उनले भने, ‘जनचेतनाको अभावमा एचआइभी भन्ने सुन्नासाथ नकारात्मक सोच जन्मिएर तथा लाज, डर र त्रासका कारणले पनि केही स्वास्थ्य संस्थाको पहुँचभन्दा बाहिर हुन सक्छन् ।’

जिल्लमा अझै पनि एचआइभी सङ्क्रमितहरूलाई हेर्ने दृष्टिकोण नराम्रो रहेकाले उनीहरू लुकेर बस्न बाध्य भएको उनको भनाइ छ ।
लुकेर बसेका रोगीलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन जिल्लामा रहेको अ?ण प्लस महिला मिश्रित सरोकार केन्द्रले पनि सहयोग गरिरहेको छ । स्वास्थ्य सेवाको पहँुचमा आउन नमान्ने नागरिकहरूलाई सरोकार केन्द्रका पदाधिकारीहरूले परामर्श गरेर स्वास्थ्य संस्था पु¥याउने गरेका छन् ।

जिल्ला अस्पतालमा यौन रोगीहरूलाई काउन्सिलका लागि छुट्टै कक्ष अर्थात् भिसीटी सेन्टरको व्यवस्था गरिएको खाँदबारी अस्पतालले जनाएको छ । प्रारम्भिक अवस्थामै रोग पत्ता लगाई रोकथामका उपायहरू अपनाउन सके केही समयसम्म रोगी सहजै बाँच्न सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।

नेपालमा सन् १९८८ बाट देखिएको एचआइभीबाट अहिले ५० हजारभन्दा बढी सङ्क्रमित रहेका छन् । विशेषगरी रगतको माध्यमबाट एकबाट अर्को व्यक्तिमा रोग सर्ने भएकाले यो रोगको सङ्क्रमण असुरक्षित यौन सम्पर्कबाट फैलिने गरेको चिकित्सक बताउँछन् ।
यदि एचआइभीको कुनै शङ्का लागेमा स्वास्थ्य संस्थामा गएर जाँच गराउन पनि उनीहरूले आग्रह गरेका छन् ।