इटहरी: लिबरल सोसाइटी इटहरीद्वारा आयोजित निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । इटहरी २० स्थित तरहराको ब्याटमिन्टन कोर्टमा निशुल्क स्वस्थ शिविर सम्पन्न भएको हो ।
बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानको सहयोगमा सो कार्यक्रम आयोजना गरिएको सोसाइटीका अध्यक्ष सुवेक्छु देवानले जानकारी दिए । नशा ,आँखा ,नाख ,कान ,घाँटि ,सुगरका २२३ जना रोगीहरुको उपचार गरिएको उनको भनाइ छ ।
छ महिना अगाडि तरहराका केही युवाहरुले मिलेर गठन गरेको सस्थाले हरेक शनिबार गाउँ सफाइ कार्यक्रम आयोजना गर्दै आएको छ । त्यसैको निरन्तरता स्वरुप गाउँ संगै मानिस पनि स्वस्थ हुनुपर्छ भनेर स्वस्थ्य शिविर आयोजना गरिएको देवानले बताए ।
उक्त शिविरबाट ६ महिनाको बालक देखि ९५ बर्षका वृद्ध समेत प्रभावित भएको उनको भनाइ छ । स्वस्थ अभियानलाई इटहरी भरी संचालन गर्ने र हरेक टोल र हरेक मान्छे स्वस्च्छ बनाउने योजना रहेको देवानले बताए ।