इटहरीः चालु आर्थिक वर्षमा पनि इटहरी उपमहानगरको उपमेयर सुत्केरी भेट कार्यक्रम सुरु गरिएको छ । उपमेयर लक्ष्मी गौतमले इटहरीका १० जना सुत्केरीलाई पोषिलो खानेकुराका साथ घर घरमै गएर भेट गरेकी हुन् । स्वास्थ्यकर्मीको टोली सहित सुत्केरीहरुका घर पुगेर भेटेकी हुन् ।

इटहरी अस्पतालमा प्रसुति गराएका महिलाको घरमै पुगेर भेटघाट गर्ने उपमेयर सुत्केरी भेट कार्यक्रम विगतका वर्षहरु देखिनै संचालनमा आएको छ । अहिले सम्म २८ जनालाई भेटेको उपमेयर लक्ष्मी गौतमले वताइन् । कहिले आउने भनेर सुत्केरी स्वयंले फोन गरेर वाटो हेर्न थालेको उनले वताइन । कोरोनाका कारण घरमुलीले कमाउन नपाएको अवस्थामा उपमहानगरको उपमेयर सुत्केरी भेट कार्यक्रमले आफूहरुलाई राहत र हौसला मिलेको एक सुत्केरीले वताइन ।