इटहरीः सम्भवतः प्रदेश १ को सबैभन्दा सुन्दर र भर्जिन गन्तव्य हो ४४८० मिटर उचाइमा रहेको तिम्बुङ पोखरी । करिब ४०० मिटर लम्बाइ र २०० मिटर चौडाइको यो पोखरी धार्मिक र प्राकृतिक दुवै कोणमा महत्वपूर्ण मानिन्छ । पाँचथरको याङ्वरक र ताप्लेजुङको सिदिङ्बा गाउँपालिकामा पर्ने यो पोखरी यी २ पूर्वी पहाडी जिल्लाको सिमाना पनि हो ।

यो पोखरीबाट सिक्किम नजिकै छ । असार र साउन महिना यात्राको लागि राम्रो सिजन मानिने यो पोखरी हिउँदमा हिउँले ढाकिन्छ । यात्रुलाई राम्रो बसोबासको प्रबन्ध नभएकाले चौंरी गोठ मा वा टेन्टमा बस्दै जानुपर्छ । यो पोखरीमा पाइने केन्जो फूल धेरै लोकप्रिय मानिन्छ ।

timbung pokhari (3) 5

आकर्षक पोखरी, पोखरीमाथि नाचिरहने बादल, यात्रामा भेटिने लोभलाग्दा जङ्गली फूल र मनोरम दृश्य तिम्बुङ पोखरीका मौलिकता हुन् । केही समय अघिसम्म ताप्लेजुङ र पाँचथरका पर्यटनसम्बन्धी जानकार र केही स्थानीयमा मात्रै चर्चामा रहने यो पोखरी पछिल्लो समयमा दिनानुदिन पूर्व क्षेत्रमा चर्चामा आइरहन्छ । हालै भएको तिम्बुङ महोत्सवपछि अनुपम सौन्दर्यले भरिपूर्ण यो पोखरी धेरै लोकप्रिय हुँदै गएको छ ।

timbung pokhari (5) 2

timbu timbung pokhari (2) timbung pokhari (1) timbung pokhari (4)