धरानः ३९ औं विश्व पर्यटन दिवसको अवसर पारी धरानको सेछ ट्राभलिङले एक दिने ‘कला कार्यशाला’ कार्यक्रम सम्पन्न गरेको छ । पर्यटनसँग कलाको फ्युजन गराउनु नै कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

धरान–१ स्थित सेछ होटल परिसरमा गरिएको कार्यशालामा धनकुटा, मोरङ र सुनसरीका १९ जना कलाकार सहभागी थिए । कलाकारले प्रदेश नम्बर १ का प्राकृतिक तथा चर्चित स्थल क्यानभासमा उतारेका थिए । कलाकारहरूले अमूर्त, ल्याण्डस्केच र प्राकृतिक विषयलाई आफ्नो रङमा समायोजन गरेको कलाकार महेन्द्र राईले बताए ।

कलासँग पर्यटनको फ्युजन गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सेछकी प्रबन्ध निर्देशक एलिना मगरले बताइन् । कलाको माध्यमबाट पनि पर्यटन प्रवद्र्धन गर्न सकिने उनले बताइन् । कार्यशालामा युवा कला केन्द्र धरानका अध्यक्ष स्वयमप्रकाश श्रेष्ठलगायतको सहभागिता थियो ।

karyashala chitra sechha (3) karyashala chitra sechha (4) karyashala chitra sechha (5) karyashala chitra sechha (6)