विराटनगर लगायत क्षेत्रमा थप ७ दिन निषेधाज्ञा

  • भदौ १०, २०७७
  • २५६२ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरलगायत मोरङ जिल्लाभरी थप ७ दिन निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको छ । तर प्रशासनले केही खुकुलो प्राबधानसहित निषेधाज्ञाको समय बढाएको छ ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाएर एक साता थप्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिएका छन् ।

निषेधाज्ञामा बजारलाई १२ बजेसम्म खुल्ला गर्न दिने निर्णय भएको छ । त्यसपछि सबै बजार र पसल बन्द हुनेछ । बिहानको अबधिमा पनि गुद्रीसहितका तरकारी बजार, होटल, सैलुन, ब्युटिपार्लरजस्ता व्यवसाय भने सञ्चालन गर्न नपाइने निरौंलाले बताए । यस्तै बजार खुल्ला गरिएपनि सवारी साधन सञ्चालन गर्न भने पाइने छैन । मोटरसाईकल र साइकललाई पनि चल्न नदिनेगरी विषेधाज्ञा जारी गरिएको उनले जनाए ।

समुदायमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण तथा रोकथाम गर्न लगाइएको ५ दिने निषेधाज्ञाले संक्रमण दर कम भएको निश्कर्ष बैठकले निकालेको प्रजिअ निरौलाले जानकारी दिए । निषेधाज्ञा अगाडि विराटनगरमा दैनिक संक्रमण दर ८० हाराहारीमा रहेकोमो अहिले ४० हाराहारी रहेको छ ।

यसअघि विराटनगरसहित आसपासका ४ स्थानीय तहमा मात्र निषेधाज्ञा लागू गरेको प्रशासनले अबको साता भने जिल्लाभर त्यसलाई लागू गरेको जनाएको छ । स्थानीय प्रशासन ऐनको दफा ६(३) अनुसार जिल्लाभर लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको प्रजिअ निरौलाले जानकारी दिए । निषेधाज्ञाको समयमा पनि उद्योग व्यवसाय सञ्चालन गर्न पाउनुपर्नेमा माग उद्योगी व्यवसायीले गर्दै आएका थिए । उनीहरुकै दबाबको कारण दैनिक १२ बजेसम्म बजार खुल्ला राख्ने निर्णय भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

पोल ढलेपछि चार दिनदेखि अन्धकारमा त्रियुगा र चौदण्डीगढी

इटहरीः गत शनिबार आएको बाढीले ढलेको पोल मर्मत नहुँदा उदयपुरको उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिक ...

प्रदेश १ की नवनियुक्त प्रदेशसभा सदस्य हिमा बस्नेतद्वारा सपथ ग्रहण

इटहरीः प्रदेश नम्बर १ को प्रदेशसभामा नवनियुक्त समानुपातिक सांसद हिमादेवी बस्नेत (भट्टराई) को सप ...

विमानस्थल र उपत्यका ट्राफिक प्रहरी डीआईजीको कमाण्डमा

इटहरीः सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपाल प्रहरी शिक्षालय भरतपुर र उपत्यका ट्राफ ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved