इटहरीः अविरल बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा जिल्ला सहकारी सङ्घ सुनसरीका अध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । साधारणसभामा ४ सय बढी सेयर सदस्यको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले पछिल्लो समय बनेका सहकारीसम्बन्धी ऐनमा कतिपय विषय संशोधन गर्नुपर्ने किसिमका रहेको बताए । देशलाई आर्थिक समृद्धिको मार्गमा डोहो¥याउन सहकारीको महत्वपूर्ण भूमिका रहेको र यसलाई राज्यका संयन्त्रले बुझ्न जरुरी रहेको उनको भनाइ थियो ।
त्यस्तै अविरल बचतका अध्यक्ष विक्रम घिमिरेले चालु आर्थिक वर्षमा सेयर सदस्य सङ्ख्या १ हजार पु¥याउने लक्ष्य रहेको बताए । उनका अनुसार हाल संस्थामा ४ सय ९७ जना सेयर सदस्य छन् । पछिल्लो समय मर्जरको बाध्यात्मक व्यवस्था सहकारीमा लागू गने खोजिएको तर त्यसले सेयर सदस्यको भावनामा कुठाराघात हुन सक्ने घिमिरेले बताए ।
लेखा समितिका संयोजक सञ्जीव घिमिरेले संस्थाको खुद नाफा ११ लाख २४ हजार ४ सय ४ रुपैयाँ, सेयर पूँजी १ करोड १३ लाख २ हजार ७ सय रहेको जनाए । उनका अनुसार ऋण लगानी २ करोड ९२ लाख २४ हजार ३ सय २९ रुपैयाँ रहेको छ ।