इटहरीः चाडपर्वको मौसम नजिकिँदै गर्दा मोबाइल बजार तातिन थालेको छ । विभिन्न मोबाइल कम्पनीले नयाँनयाँ अफर ल्याएर ग्राहक तानिरहेका छन् । चाडपर्वमा उपहारको लागि होस् या नयाँ सामग्री खरिद गर्नुपर्छ भन्ने धारणा होस् दुवै कारण मोबाइलको व्यापार फस्टाउने गरेको पाइन्छ । सधैँ पुरानो ब्रान्डले कब्जा गर्ने गरेको बजार नयाँ धारमा परिवर्तन हुन थालेको छ । भर्खरै मात्र बजारमा आएको भिभो मोबाइलमा ग्राहकको आकर्षण देखिन थालेको छ ।

वल्र्ड कप २०१८ र २०२२ को अफिसियल स्मार्ट फोन भिभोले पुराना ब्रान्डलाई पछि पार्न थालेको छ । अमीर खान ब्राण्ड एम्बेस्डर रहेको भिभोको बजारमूल्य १४ हजार ६ सय ९० देखि ४९ हजार ४ सय ९० रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।
विभिन्न ६ वटा मोडलमा उपलब्ध फोनमा डिस्प्ले फिङ्गर प्रिन्ट सेन्सर र २५ मेगापिक्सलसम्मका फ्रन्ट क्यामेरा रहेको बताइएको छ ।

सस्तो मोडेलमा धेरै सुविधा समेटिएकाले बजार बिस्तारमा सहज भएको भिभो मोबाइलका पूर्व क्षेत्रका बजार व्यवस्थापक निमेष घिमिरेले जानकारी दिए । उनका अनुसार भिभोले दशैंलगायत पर्वको लागि विभिन्न स्किम ल्याएको छ ।