न्यूज्वारभाटा साप्ताहिक लहान । सिरहाको लहानमा ‘वडाध्यक्ष कप’ क्रिकेट प्रतियोगता लहान ८ का वडा अध्यक्ष विजयकुमार महतोले स्थापना गरेको छ । वडा अध्यक्ष महतोले आईतवार पत्रकार सम्मेलन गर्दै लहान नगरपालिकाभित्र रहेका २४ वटै वडालाई समावेश गरी उक्त प्रतियोगिता प्रत्येक बर्ष संचालन गर्ने वडा कार्यालयमा सार्वजनिक गरेका छन् ।

अध्यक्ष महतोले ‘युवा पिढी कुलतमा लागेर समाजमा विकृति फैल्दै गएको अवस्थामा खेलतर्फ आकर्षण गर्न र स्वस्थ नागरिक बनाउंन यो क्रिकेट प्रतियोगिता स्थापना गरिएको हो । ’ सो खेल नयाँ वर्ष २०७५ बैशाख ५ गते लहानमा वडा स्तरीय टि–टवान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । लहान नगरपालिका वडा नं. ८ वडा कार्यालयको आयोजनामा हुन लागिएको प्रतियोगितामा सो नगरपालिकाका वडा नं. १ देखि २४ सम्मका स्थानिय वडाका क्रिकेट खेलाडीहरुको सहभागिता रहनेछ ।

२४ वटा टिमको सहभागिता रहने प्रतियोगीतामा स्थानिय युवाको क्रिकेट खेलप्रति रुची वढाई क्षमता विकास गर्ने उदेश्यले आयोजना गर्न लागिएको हो । सिरहा क्षेत्र नं. ४ प्रतिनिधि सभाका सांसद तथा पुर्व सूचना तथा संचार मन्त्री राजकिशोर यादवका प्रमुख आतिथ्यमा प्रतियोगिताको उदघाटन हुनेछ । ३ लाख ८० हजार ७ सयको लागतमा संचालन हुने प्रतियोगितामा सहयोग गर्न संचार माध्यमका साथै स्थानिय बिज्ञापन दाताहरुलाई आग्रह गरेको छ । लहानमा प्रत्येक वडा अध्यक्षलाई योजना अन्तरगत २ लाख रकम विनियोजित गरिएको छ । सोही रकम यो प्रतियोगितामा लगाउंने वडा अध्यक्ष महतोले भन्दै बांकी रकम स्थानीयको सहयोगमा प्रतियोगिता संचालन गरिने छ । यो प्रतियोगिता करिब २५ दिनसम्म चल्ने भएको छ भने प्रतियोगितामा छनौट भएका क्रिकेट खेलाडीलाई राष्ट्रियस्तरमा पठाउंन अभ्यास गरिने भएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई २५ हजार र दोस्रो हुने टिमलाई १५ हजार नगद र शिल्ड प्रदान गरिने भएको छ ।