इटहरीः धनकुटाको साँघुरीगढी गाउँपालिकाको भेडेटार बजारबाट ८ किलोमिटर उत्तरपूर्वमा धरान– धनकुटा सडक छेउमै छ नमस्ते झरना । यो झरनालाई सिम्सुवा झरना पनि भनिन्छ । भेडेटार नजिकैको सिम्सुवा खोलाको शिरलाई नमस्ते झरना नामकरण गरिएको छ ।

यो झरना करिब ८० मिटर माथिबाट खस्छ । सर्वसाधारणको लागि प्रवेश खुला गरिएको प्रदेश १ को पहिलो झरनाको रूपमा परिचित यस झरनाको पानीमा खेल्दै झर्ने खेल क्यानोनिङको परीक्षण र व्यावसायिक अभ्यास पनि भएको थियो । यो झरना साँघुरीगढी गाउँपालिकाको राम्रो आम्दानी हुने पर्यटकीय क्षेत्र पनि हो ।namaste jharna (6)

यो झरना कोशी राजमार्ग खण्डबाट २ किलोमिटरभित्र पर्छ । यो झरनामा केही समय अगाडि ढुङ्गा खसेर इटहरीका विक्रम तामाङको मृत्यु भएको थियो । उनको मृत्युपछि केही समय बन्द भएको झरना हाल पुनः सञ्चालन गरिएको छ । अब ढुङ्गा झरेर मान्छेको हताहती हुने अवस्था नरहेको झरना व्यवस्थापन समितिका अध्यक्ष दिलीप लिम्बू बताउँछन् । भन्छन्, ‘अब नमस्ते झरनामा ढुङ्गा झरेर लाग्ने त्यस्तो कुनै असुरक्षा छैन ।’ नमस्ते झरना प्रदेश १ मा सबैभन्दा धेरै भारतीय पर्यटकहरू आउने पर्यटन केन्द्र पनि भएको धरानका पर्यटन अभियन्ता तथा सेछ ट्राभलिङका सञ्चालक बासुदेव बराल बताउँछन् ।

शब्द/तस्बिरः विराट अनुपम

namaste jharna (2) 7

namaste jharna (5) namaste jharna (3) namaste jharna (4) namaste jharna (1) namaste jharna (8)