इटहरीः साताको अन्तिम कारोबार हुने दिन बिहीबार नेप्से सूचक १४.१३ अङ्कले बढेर १२४४.८४ अङ्कमा पुगेको छ । समग्रमा बजार १.१५ प्रतिशतले बढेको हो । १ सय ७३ कम्पनीको ७२ करोड ९८ लाख ५ हजार ५ सय ४६ रुपैयाँको सेयर बिहीबार किनबेच भएको छ । जम्मा २७ लाख ११ हजार १ सय १० कित्ता सेयर ७ हजार ४ सय ३६ पटक किनबेच भएका थिए ।
३ वटा समूहमा पोतियो रातो
बिहीबार १० वटा समूहको सेयर कारोबार भएकामा ७ वटा समूहमा हरियाली छाए पनि ३ वटा समूहमा भने रातो पोतिएको छ । अन्य सूमहको सूचक सबैभन्दा धेरै ३.३ प्रतिशतले बढेको छ । सबैभन्दा कम भने उत्पादनमूलक समूह ०.९ प्रतिशतले मात्रै बढेको छ । निर्जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ०.७० प्रतिशतले तल झर्दा माइक्रोफाइनान्स समूह ०.५ प्रतिशतले तल झरेको छ ।
कारोबारमा एनएमबी अघि
बिहीबार कारोबार रकममा एनएमबी बैंकले अग्रता लिएको छ । एनएमबीको ५ करोड ९९ लाख ८७ हजार ६ सय ४९ रुपैयाँको सेयर किनबेच भएको थियो । त्यस्तै, एनआइसी एशियाको ५ करोड ५८ लाख ६२ हजार २३ रुपैयाँको सेयर किनबेच हुँदा प्रभु बैंकको ३ करोड ६४ लाख ४८ हजार ८ सय ५८ रुपैयाँको सेयर किनबेच भएको थियो । १० वटा कम्पनीको २ करोडभन्दा बढीका दरले कारोबार भएको थियो । १० वटै कम्पनी बैंकिङ समूहका रहेका छन् ।
सेयर सङ्ख्यामा प्रभु अघि
कारोबार भएका सेयर सङ्ख्याका आधारमा प्रभु बैंक अघि देखिएको छ । सो कम्पनीको १ लाख ७३ हजार ५ सय १७ कित्ता सेयर कारोबार भएको थियो । एनएमबी बैंकको १ लाख ७२ हजार ३ सय २२ कित्ता र जनता बैंकको १ लाख ७० हजार ६ सय ३० कित्ता सेयर किनबेच भएको थियो । जम्मा ९ वटा कम्पनीको १ लाख भन्दा माथिका दरले सेयर कारोबार भएको थियो ।
कारोबार सङ्ख्यामा एनएमबी अग्रस्थानमा
बिहीबार एनएमबी बैंकको सबैभन्दा धेरै ४ सय १५ पटक कारोबार हुँदा मेघा बैंक र प्रभु बैंकको समान ३ सय ६१ पटक कारोबार भएको थियो । एनआइसी एशियाको ३ सय ३४ पटक सेयर कारोबार हुँदा अन्य कम्पनीको सेयर कारोबार सङ्ख्या ३ सयभन्दा तल नै रहेको थियो ।
नेपाल सेवा सबैभन्दा बढी कमाउने
बिहीबार नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ९.७७ प्रतिशतले कमएको थियो । तिनाउ विकास बैंकका लगानीकर्ताले ६.९० प्रतिशतले र मेघा बैंक र सेञ्चुरी कमर्सियल बैंकका लगानीकर्ताले समान ६.७४ प्रतिशतले सम्पत्ति कमाएका थिए । १३ कम्पनीको सेयरमूल्य ४ प्रतिशत भन्दा बढीले बढेको थियो ।
भार्गवका लगानीकर्ताले साढे ४ प्रतिशतले गुमाए
बजार दोहोरो अङ्कले बढे पनि भार्गव विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ४.५४ प्रतिशतका दरले सम्पत्ति गुमाएका छन् । लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.३४ प्रतिशतले सम्पत्ति गुमाउँदा हिमालयन पावर पार्टनरका लगानीकर्ताले ३.८ प्रतिशतले सम्पत्ति गुमाएका थिए ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण १४ खर्ब ८२ अर्ब कायम भएको छ ।

















