बेलबारीः बुधबार देशैभर तीजको रमझम चलिरहेको छ । मोरङको बेलबारीमा भने तीजको रौनक प्रौढ तथा वृद्धाहरूमा धेरै देखिएको छ । 

लालभित्ती तथा बेलबारी बजारमा भएको कार्यक्रममा ५० वर्षभन्दा बढी उमेरका महिलाहरूले रौनक देखाएका छन् । साथमा जनप्रतिनिधिहरूले नाचेर साथ दिइरहेका छन् । बेलबारी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष चक्र खुलालले समेत श्रमिक महिला समूहले गरेको कार्यक्रममा नाचेर साथ दिएका छन् । गायिका अन्जु गौतमले गाएको गीतमा उनले नाचेर साथ दिएका हुन् ।

tij 3 (1)

सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्रीमहादेव पति पाउने कामना गरेर तीजको व्रत बसेपछि तीजको व्रत मनाउने गरिएको छ ।

1 2 tij 1