तस्बिर साैजन्य तिरूपती अटाेसिटी इटहरी


इटहरीः यामाहाको इटहरीस्थित आधिकारिक बिक्रेता तिरुपति अटो सिटीले यामाहाको नयाँ स्कुटरको आधिकारिक बिक्री शुरु भएको जानकारी दिएको छ । आज एक विशेष कार्यक्रमको आयोजना गर्दै शोरुमले नयाँ अत्याधुनिक सुविधासम्पन्न स्कुटर रे जेड आरको बिक्री शुरु गरेको शोरुम सञ्चालक संजोग पराजुुलीले जानकारी दिएका छन् ।

कार्यक्रममा इटहरी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्याक्ष शैलेशकुमार विष्ट र पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काले संयुक्त रूपमा नयाँ स्कुटरको औपचारिक बिक्री शुरु भएको जनाउ दिएका थिए । सो अवसरमा व्यवसायी संजोग पराजुलीले कम्पनीले नयाँ स्कुटरको माइलेज ६७ किलोमिटर सम्म रहेको जानकारी दिए ।

धेरै ग्राहकको रोजाइमा नयाँ स्कुटर पर्ने विश्वास पनि उनले व्यक्त गरे । त्यसका साथै कम्पनीले नेपालका लागि आजदेखि ७ हजार देखि १ लाख सम्मको ‘क्यास प्राइज’ उपहार पनि राखेको हुँदा हरेक ग्राहकले स्कुटर खरिदमा खालि हात नहुनेसमेत उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका व्यवसायी विष्टले प्रदेश एकको व्यापारिक हब बन्दै गएको इटहरीमा यामाहाले थप बजारीकरणका लागि सहयोगी भूमिका खेलेको बताए । व्यावसायिक सङ्घर्षबाट अघि बढेको यामाहा शोरुम इटहरीको थप व्यावसायिक उन्नयनमा सफल हुने उनले बताए । नयाँ स्कुटर धेरैको रोजाइमा पर्नेसमेत उनको दाबी थियो ।

उनले निजी क्षेत्रले नाफा मात्र लिने नगरेको भन्दै विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममा यामाहाले गरेको योगदानको प्रसंशासमेत गरे ।