विराटचोकः मोरङको विराटचोकस्थित यामाहा कम्पनीको आधिकारिक बिक्रेता दयाराम अटो ट्रेडर्सले कम्पनीको नयाँ स्कुटरको आधिकारिक बिक्री शुरु गरेको छ । सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख धना तामाङले नयाँ स्कुटर ‘यामाहा रे जेडआर’को औपचारिक बिक्री शुरु भएको घोषणा गरिन् ।
डिजिटल मिटरको उक्त स्कुटरको बिक्री शुरु भएको जानकारी दिँदै नगरपप्रमुख तामाङले यामाहाले छोटो समयमै उपभोक्ताको मन जितेको बताइन् । कम्पनीको नयाँ ब्राण्डका उत्पादनले यामाहाका प्रयोगकर्ताको मन जित्न सफल हुने भन्दै आजदेखि देशभर बिक्री शुरु भएको यामाहाको नयाँ स्कुटर पनि अन्य उत्पादनजस्तै आरामदायी हुने विश्वास लागेको तामाङले बताइन् ।
कोशीहरैँचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् कार्यक्रमका विशिष्ट अतिथि नवराज चापागाईंले दयाराम अटो ट्रेडर्स विराटचोकको गहना भएको बताए । नगरलाई शोभा दिएको यामाहाको शोरुमले थप उत्पादन भित्र्याएको भन्दै सफल बिक्रीका लागि चापागाईंले शुुभकामना दिए । त्यस्तै व्यवसायी टीका कट्टेलले विराटचोकको बजार विस्तारमा यामाहाको शोरुमले अहम् भूमिका खेल्ने बताए ।
व्यवसायी खवासले बिक्री शुरु गरेकै दिन सो स्कुटर ग्राहकलाई बिक्री पनि गरे । उर्लाबारी निवासी यादव भण्डारीले यामाहाको नयाँ उत्पादन खरिद गरेका थिए । दयारामा अटो ट्रेडर्सका सञ्चालक खवासले ११३ सिसी ब्लुकोर इन्जिन रहेको स्कुटरको सबै फिचर अहिलेसम्मकै उत्कृष्ट रहेको भन्दै ग्राहकको रोजाइमा पर्ने दाबी गरे ।