विराटनगरः उद्याेगी एवंम उद्याेग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले व्यवसायीलाई राज्यले लैनाे गाई सरह बनाइएको गुनासो गरेका छन्। बढ्दो व्यापार घाटाबारे प्रदेश पोर्टलसँग कुरा गर्दै घिमिरेले सरकारले सुविधा दिनुको सट्टा कर असुल्न मात्र लागि परेको अाराेप लगाएका हुन् । उनले टाइट गर्ने बहानामा व्यवसायीको ढाड सेक्ने काम भएको तर्क गरे ।

'दुइ नम्बरी काला बजारी तस्कारीलाइ नियन्त्रण नै गर्नुपर्छ । तर, यो होइन कि व्यवसायीलाई निरुत्साहित पार्ने गरी नियमन बनाइनु हुँदैन ।' घिमिरेले भने ।
कर असुलीको नाममा सरकारले दायित्व पुरा नगरी कर असुल्नु अवैज्ञानिक भएको उनको दाबी छ। यसले उत्पादनमूलक क्षेत्रमा नकारात्मक प्रभाव पार्ने घिमिरेले बताए ।

ट्रयाकिङ सिस्टर, श्रम एेन, सामाजिक सुरक्षा कोष, मजदुरलाई प्यान सिस्टममा विलिङ गर्ने व्यवस्था सराेकरावालासँग छलफल नगरी ल्याएकोले उद्याेगीलाइ निरुत्साहित बनाउन खाेजिएकाे उनको धारणा छ ।
'लगानीमैत्री वातावरण सृजना भएको छैन । धेरै उद्याेग बन्द भए ।' उनले प्रश्न गरे 'यसरी र सरकारको रोजगारी बढाउने लक्ष्य कसरी पुरा हेाला ?'

उनले आर्थिक पारदर्शिताको कुरा सहज भए पनि नेट र टेलिफोन नचल्ने ठाउँमा यो कति प्रभावकारी भन्ने प्रश्न उठेको तर्क गरे । तीनै तहका सरकार पूर्वाधार निर्माण गरेर उद्याेगीलाइ सहुलित दिनुको सट्टा पहिले कर असुल्नै व्यस्त भएको भन्दै अाक्राेस व्यक्त गरे ।