इटहरीः पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुने गरी मूल्य बढेको सूचना प्रकाशित गरेको छ ।
जसअनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ, डिजल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ र ग्यासमा प्रतिसिलिण्डर २५ रूपैयाँ मूल्य बढेको हो । अब पेट्रोलको १ सय १२, डिजेल र मट्टितेलको ९८ र ग्यासको प्रतिसिलिन्डर १४ सय रूपैयाँ निर्धारण भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलर र कच्चा तेलको भाउ बढ्दा नेपालमा पनि त्यसको प्रभाव परेको निगमको भनाइ छ । मूल्य बढाइए पनि निगम अझै मासिक २२ करोड घाटामा हुने निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताएका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

इटहरीः पेट्राेलियम पदार्थकाे मुल्य पुनः बृद्दि भएकाे छ । नेपाल अायल निगमले बुधवार रातिदेखि लागु हुने गरि मुल्यबृद्दि गरेकाे सुचना जारी गरेकाे छ ।

बृद्दि मुल्य सुचिमा पेट्राेलमा १, डिजल र मट्टितेलमा ३ रूपैयाँ र ग्यास प्रतिसिलिण्डर २५ रूपैयाँ बृद्दि भएकाे हाे । अब नयाँ बजार मुल्य पेट्राेलकाे १ सय १२, डिजेल र मट्टितेलकाे ९८ र ग्याँस प्रतिसिलिण्डर १४ सय रूपैयाँ निर्धारण भएकाे छ ।

अन्तराष्ट्रिय बजारमा डलर र कच्चा तेलकाे भाउ बढ्दा नेपालकाे त्यसकाे प्रभाव परेकाे निगमकाे भनाइ छ । याे मुल्य बढाउँदा पनि निगम अझै मासिक २२ कराेड घाटा हुने प्रवक्ता बिरेन्द्र गाेइतले बताएका छन् ।