विराटचोकः सुन्दरहरैंचा–७ को तुलसा टोलस्थित स्थानीय भीमा श्रेष्ठको घरमा आज बिहान ५ बजे आगलागी हुँदा ५० लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
विद्युत सर्ट भई आगलागी शुरु भएको बताइएको छ । आगलागीले घरमा रहेका सम्पूर्ण सामान जल्दा ५० लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अुनमान गरिएको छ । भुइँतला पक्की र माथिल्लो तला सेन्ट्री बेरा गरिएको घरको माथिल्लो तलाबाट आगलागी शुरु भएको थियो । विद्युत सर्ट भई फ्रिजबाट आगो लाग्न शुरु भएको श्रेष्ठ परिवारले बताएको छ । सेन्ट्री बेरा गरिएको र टिनको छानो भएको घरमा तुरुन्तै आगो फैलिएपछि पूरै घर सखाप भएको स्थानीयले बताए ।
घरभित्र रहेका सामान र लत्ताकपडा समेत निकाल्न नपाएपछि बढी क्षति भएको स्थानीयको भनाइ छ । सुन्दरहरैंचा र इटहरीबाट गएका ३ वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए ।

aago (5)

दमकल ढिलो आउँदा स्थानीय आक्रोशित
दमकल ढिलो आएकाले बढी क्षति भएको स्थानीयको भनाइ छ । ‘५ बजे आगो लागेको थाहा हुनासाथ नगरपालिकाको दमकललाई हामीले खबर गरेका थियौँ,’ स्थानीय विदुर दाहालले भने, ‘तर, विराटचोकबाट गोठगाउँमा दमकल आइपुग्न झण्डै १ घण्टा लाग्यो ।’ सुन्दरहरैंचा नगरपालिकाको दमकललाई खबर गरेको धेरै समयपछि इटहरीको दमकललाई खबर गरिएको तर दुवै दमकल सँगसँगै आइपुगेको स्थानीय बताउँछन् ।

aago (6)
आगो नियन्त्रणमा आएपछि डढेको अवस्थामा प्रहरीले सुनको एउटा न्याक्लेस, २ वटा औंठी, एउटा सिक्री, एउटा तिलहरी, एउटा चुरा र चाँदीको एउटा ब्रासलेट फेला पारेको प्रहरी चौकी गछियाका प्रमुख अर्जुन थापाले बताए ।

aago (12) aago (8)