इटहरीः इटहरीको सरसफाइ क्षेत्रमा सक्रिय बुल्स एलेभेन क्लबले लामखुट्टे मार्ने विषादी छर्कने भएको छ । क्लबले बुधबार साँझ एक सूचना निकाली आज साँझ ६ बजेदेखि राती १२ बजेसम्म इटहरीका विभिन्न ठाउँमा लामखुट्टे मार्ने विषादी छर्कने जनाएको हो । त्यसका लागि नगरका विभिन्न क्षेत्रमा क्लबका सदस्य परिचालन गरिने अध्यक्ष पूर्ण राईले जानकारी दिए ।
१ महिनाअघि सुनसरीको धरानमा देखिएको डेङ्गुको प्रकोप इटहरीमा पनि नफैलियोस् भन्ने उद्देश्यले क्लबले औषधी छर्कन लागेको जनाएको छ । यसका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एउटा फगिङ मेसिन मगाइएको अध्यक्ष राईले बताए । उनले धरान १८ का वडा अध्यक्ष प्रविण राइकाे सहयाेगमा उक्त मेसिन उपलब्ध भएकाे जानकारी िदए ।
आज साँझदेखि मध्यरातिसम्म सकेसम्म नगरमा लामखुट्टे प्रभावित सबै ठाउँमा विषादी छर्किने प्रयास गर्ने र बाँकी ठाउँमा केही दिनपछि पुनः छर्किइने राई बताउँछन् ।
विषादी छर्कने समयमा आआफ्नो घरको झ्याल ढोका बन्द गरी सतर्कता अपनाउन हुन पनि क्लबले अनुरोध गरेको छ ।