बिमस्टेक (BIMSTEC) बारे जानौं ।

 

1) स्थापना :- 1997 June 6

 

2) नेपाल सदस्यता :- सन् 2004 February 8

 

3) चौथो बिमस्टेक सम्मेलन काठमाडौमा सम्पन्न।

- 2018 अगस्ट 30 र 31 मा

 

- 18 बुँदे काठमाडौ घोषणापत्र जारी गरिएको।

 

- आगामी पाचौं सम्मेलन श्रीलंकामा हुने।

 

- प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाइ बिमस्टेकको अध्यक्षता हस्तान्तरण गर्नुभएको।

 

- बिम्स्टेक राष्ट्रहरुबीच ग्रिड अन्तरसञ्जाल सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको।

 

- बिमस्टेकको पहिलो शिखर सम्मेलन 2004 मा थाइल्यान्डमा, दोश्रो सम्मेलन 2008 मा भारत मा , तेश्रो सम्मेलन 2014 मा म्यानमार मा सम्पन्न भएको।

 

घोषणापत्रका प्रमुख बुँदाहरु:

 

-बिमस्टेकको सचिवालय चुस्त बनाउन स्थायी कार्य समिति निर्माण गर्ने र स्थायी कार्यसमितिले बिमस्टेक चार्टरको मस्यौदा बनाउने ।

 

-मस्यौदा पाँचौ शिखर सम्मेलनमा पेश गर्ने ।

 

-बिमस्टेक विकास कोषको स्थापना गर्ने ।

 

-कोषमा सदस्य राष्ट्रहरुबा रकम जुटाईने ।

 

-बिमस्टेक सचिवालयको क्षमता अभिवृद्धि गर्ने ।

 

-एक सदस्य राष्ट्र एक निर्देशक गरि सात जना निर्देशक नियुक्त गर्ने ।बिमस्टेकका सदस्य राष्ट्रहरुमा सन २०३० भित्र गरिबीको अन्त्य गरिसक्ने ।

 

-अन्तरदेशीय राजमार्ग, रेलमार्ग, जलमार्ग, हवाईमार्ग विस्तार तथा अधुनिकीकरण गर्ने ।

 

-यातायात गुरुयोजना बनाई सदस्य राष्ट्रहरुमा कार्यान्वय गरिने ।

 

यस क्षेत्रका जनतालाई इन्टरनेट र मोबाइलको थप पहुँच र सस्तो बनाउन एक कार्यसमूह बनाउने ।

 

-बिमस्टेक राष्ट्रहरुभित्र स्वतन्त्र व्यापारको लागि भइरहेको वार्तालाई निरन्तरता दिनेबिमस्टेक व्यावसायीक मञ्च र बिमस्टेक आर्थिक मञ्चको गतिविधिलाई पुन सुचारु गर्ने ।

 

-अपराधिक गतिविधिहरुको सन्दर्भमा सदस्य राष्ट्रहरुबीच कानुनि सहायता सम्बन्धी सम्झौताको लागि आव्हान ।

 

-आतंकवाद र संगठित अपराध विरुद्ध सहकार्यलाई अभिवृद्धि गर्ने ।

 

-जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौता कार्यान्वयनमा लैजाने । बिमस्टेकभित्र उर्जा सम्बन्धी विस्तृत योजना बनाउने ।

 

-साना तथा मध्यम खालका प्रविधिसंग सम्बन्धीत उद्योगहरुका स्थापनाका लागि एक आपसमा सहयोग गर्ने ।

 

-कृषि क्षेत्रको विकास र कृषिमा परम्परागत ज्ञानको प्रयोगको क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने ।

 

-जनता जनताबिचको सम्बन्धलाई थप उचाइमा पुर्याउन संयन्त्रहरु निर्माण गर्न सहमत ।

 

-गौतम बुद्ध सर्किट बनाउन सहमत ।

 

-सन् २०२० मा नेपालमा गर्ने भनिएको बिमस्टेक पर्यटन सम्मेलनलाई स्वागत ।

 

-पर्वतीय अर्थतन्त्रको विकासको लागि नेपालले राखेको प्रस्ताबको स्वागत ।

 

-भूपरिवेष्ठीत मुलुकहरुको हितका लागि प्रस्ताब गरिएको ‘ब्लू इकोनमी’ मा सहमति जनाउदै यसको कार्ययोजना बनाउन अन्तरदेशीय विज्ञ समूह गठन गर्न सहमत ।

 

  1. BIMSTEC लाई bridge between SAARC & ASEAN पनि भनिन्छ ।