उर्लाबारीः मोरङको उर्लाबारीमा स्थापित एभरेष्ट मल्टी टेक्निकल कलेजले १० औं वार्षिक उत्सवको अवसरमा २ सय ५० भन्दा बढी व्यक्तिलाई सम्मान गर्ने भएको छ ।

कलेजले पत्रकार सम्मेलन गरी संस्थाको विकासमा सहयोग पु¥याउने शिक्षक, विद्यार्थी, सामाजिक कार्यकर्ता तथा सञ्चारकर्मीलगायतलाई सम्मान गर्ने जानकारी गराएको हो । वार्षिक उत्सवकै अवसरमा असार ११ गते उर्लाबारी नगर सरसफाइ, १२ गते नमूना बाल गृहमा सहयोग, १३ गते रक्तदान र १४ गते सामाजिक सेवामा समर्पित स्घसंस्थालाई सम्मान गर्ने कलेजका संस्थापक निर्देशक सुमन ढकालले जानकारी दिए ।

arena tv add

सोही अवसरमा एभरेष्टले १ सय विद्यार्थीलाई निःशुल्क कम्प्युटर र ल्याङ्वेजका कक्षा सञ्चालन गर्ने उनको भनाइ छ । उर्लाबारी र लेटाङमा ३ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी दिए । एभरेष्टमा कम्प्युटरका विभिन्न कोर्षहरूका साथै अङ्ग्रेजी, जापनिज, कोरियन, हिब्रू भाषाका कक्षा पनि सञ्चालन गर्दै आइरहेको व्यवस्थापन प्रमुख देवेन्द्र घिमिरेले बताए ।