१. नेपालको संसदीय इतिहासमा ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’को सुरुवात कहिलेबाट भयो ?

– २०७५ माघ ४

 

 २. कसैले पनि घरमा प्रसूति नगरून् भन्ने उद्देश्यका साथ बालमृत्युदर कम गर्नका लागि ‘शून्य होम डेलिभरी अभियान’ सञ्चालन गर्ने नेपालको एक मात्र स्थानीय तह कुन हो ?

– मालिका गाउँपालिका, गुल्मी

(नोट – अभियानअन्तर्गत गाउँपालिकाका गर्भवती महिला भएको घरमा हरियो झन्डा गाड्ने गरिएको छ)

 

 ३. नेपालको कुन जिल्लालाई ‘पहाडकी रानी तथा नगदेबालीको खानी’ भनेर चिनिन्छ ?

– इलाम

  

४. विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा परिचित जापानका मसाजो नोनाकाको निधन कहिले भयो ?

– २०१९ जनवरी २०

  

५. भूपी काव्य पुरस्कार २०७५ कसलाई प्रदान गरियो ?

– कवि तीर्थ श्रेष्ठ

 

 ६. नेपालले प्रथमपटक आफ्नै भूउपग्रह कहिले प्रक्षेपण गर्ने कार्यक्रम रहेको छ ?

– २०७६ वैशाख ४

(नोट – उक्त भूउपग्रह प्रक्षेपण जापानको क्युटेक विश्वविद्यालयमा अध्ययनरत दुई नेपाली इन्जिनियरको सहयोगमा गरिने भएको छ)

 

 ७. गोठालोलाई सामाजिक भत्ताको व्यवस्था गर्ने पहिलो गाउँपालिका कुन हो ?

– पचालझरना गाउँपालिका, कालिकोट

(नोट – गाउँपालिकाले ६० वटा भेडा तथा बाख्रापालन गर्ने कृषकलाई मासिक १००० र १०० भन्दा बढी पाल्नेलाई मासिक २००० प्रोत्साहन भत्ता दिने निर्णय गरेको छ)

 

 ८. डेमोक्रेसी सूचकांक २०१८ अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ?

– ९७औँ स्थानमा

 

 ९.पेरिस सम्झौता अनुमोदन गर्ने पहिलो दक्षिण एसियाली मुलुक कुन हो ?

– माल्दिभ्स

  danphe-8 1

१०. नेपाललार्ई एसियाली खेलकुदमा पहिलो पदक दिलाउने खेलाडी को हुन् ?

– विधान लामा

 

 ११. ‘बायो भिलेजको नमुना कार्यक्रम’ सञ्चालन गरिएको नेपालको पहिलो जिल्ला कुन हो ?

– तनहुँ

 

 १२. विश्व सिमसार दिवस कहिले मनाइन्छ ?

– फेब्रुअरी २ (‘जलवायु परिवर्तन र सिमसार क्षेत्र’ यो वर्षको नारा)

 

 १३. कुनै पनि देशको अर्थ व्यवस्था सबल भई विदेशी सहयोग नचाहिने अवस्थालाई के भनिन्छ ?

जिरो नेट ऐड

 

 

१४. अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले प्रदान गर्ने सन् २०१८ को आइसिसी अवार्डमा वर्षको सर्वोत्कृष्ट खेलाडी, सर्वश्रेष्ठ टेस्ट खेलाडी र वर्षको सर्वोत्कृष्ट एकदिवसीय खेलाडीको रूपमा घोषित हुन सफल खेलाडी को हुन् ?

– विराट कोहली (भारत)

 

 १५. उखुको जुसलाई राष्ट्रिय पेय पदार्थ घोषणा गर्ने दक्षिण एसियाली मुलुक कुन हो ?

– पाकिस्तान

 

 १६. अर्थ मन्त्रालयले ‘विकास सहायता प्रतिवेदन २०१८’ कहिले सार्वजनिक गर्यो ?

– २०७५ माघ २

 

 १७. चर्चित कृति ‘जुकरवर्ग क्याफे’ का लेखक को हुन् ?

– अश्विनी कोइराला

 

 १८. चिलाउनेको बोक्रा कुन रसायनको कारणले चिलाउने गर्दछ ?

– स्यालिस्यालिक एसिड

 

 १९. ब्रिटिस दूत सर थोमस रोले भारतमा व्यापारको सुरुवात कहिले गराए ?

– सन् १६१५

 

 २०. वि.सं. २०६९ बाट खुला गरिएको “लुम्बासुम्बा पदयात्रा मार्ग”ले कुन –कुन जिल्लालाई जोड्छ ?

– ताप्लेजुङ (सुकेटार) र संखुवासभा (तुम्लिङटार)

 

 २१. क्षेत्रफलका आधारमा सानोबाट ठूलो सार्क राष्ट्रको क्रम कुन हो ?

– माल्दिभ्स, भुटान, श्रीलंका, बंगलादेश, नेपाल, अफगानिस्तान, पाकिस्तान, भारत

 

 २२. वंशाणुको मौलिक वनावट र कार्य’bout खोजी गर्न कुन प्रविधि प्रयोग गरिन्छ ?

– जिन म्यापिङ

 

२३. नेपालमा प्रकाशित पहिलो दैनिक पत्रिका ‘आवाज’को पहिलो सम्पादक को हुन् ?

– सिद्धिचरण श्रेष्ठ

 

 २४. नायोगा अभिसन्धि केसँग सम्बन्धित रहेको छ ?

आनुवंशिक स्रोतमा पहुँच तथा तिनको उपयोगबाट प्राप्त हुने लाभको पारदर्शी र समन्यायिक बाँडफाँटसँग सम्बन्धित

  

२५. मानव विकाससम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ ?

– एन्थ्रोपोलोजी

 

 २६. नेपाली साहित्यको कुन कालमा शृंगारप्रधान कृतिहरूको लेखन भयो ?

– माध्यमिक काल

  

२७. नेपालका शक्तिपीठहरूमध्ये बलि नचढाइने एक मात्र शक्तिपीठ कुन हो ?

– छत्रेश्वरी देवी, सल्यान

 

 २८. नेपाललाई ४ विकासक्षेत्रमा कहिले विभाजित गरियो ?

– २०२९ असार १३

 

 २९. कर्णाली र तिला नदीको संगमस्थललाई के नामकरण गरिएको छ ?

– लालातीर्थ

 

 ३०. संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को सन् २०१९ जनवरी १ देखि २०२० डिसेम्बर ३१ सम्म अस्थायी सदस्यका रूपमा छनोट भएका ५ राष्ट्र कुन–कुन हुन् ?

बेल्जियम, डोमिनिकन रिपब्लिक, जर्मनी, इन्डोनेसिया, दक्षिण अफ्रिका