इटहरीः साताको अन्तिम कारोबारको दिन बिहीबार १ बजेसम्मको बजारको अवस्था हेर्दा नेप्से इन्डेक्सले भी आकार बनाएको छ ।
लगातार ओरालो लाग्दै जाँदा सवा १२ बजे आसपास ११७१ अङ्कसम्म झरेको बजार फेरि उकालो लागेपछि नेप्से इन्डेक्सले अङ्ग्रेजी अक्षर ‘भी’को आकृति बनाएको हो । १ बजेसम्ममा बजार साढे २ अङ्कले बढेको छ ।
८ सूचकमा हरियाली
बजार बढेसँगै ८ वटा सूचकमा हरियाली छाएको छ । होटल समूह स्थिर छ भने अन्य समूह ०.१६ प्रतिशतले ओरालो लागेको छ । बाँकी सबै समूहका सूचकमा हरियाली छाएको हो । सबैभन्दा धेरै लघुवित्त समूह ०.५६ प्रतिशतले बढेको छ भने सबैभन्दा कम जलविद्युत समूह ०.०३ प्रतिशतले बढेको छ ।
कारोबारमा मेघाको संस्थापक सेयर
जम्मा ५ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार रकमका आधारमा मेघा बैंकको संस्थापक सेयर अगाडि छ । सो कम्पनीको ८३ लाख ८२ हजार रुपैयाँको कारोबार हुँदा नेपाल लाइफ इन्स्योरेन्सको ४८ लाख ८० हजार र एनएमबी बैंकको ३४ लाख ३० हजार रुपैयाँको कारोबार भएको छ ।

















