धरानः डेङ्गुबाट बढी प्रभावित धरान उपमहानगरपालिकाका वडा मध्येमा पर्ने वडा न. ८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलका विद्यार्थीहरूले शुक्रबार डेङ्गु विरुद्ध सचेतना अभियान सञ्चालन गरेका छन् ।

‘स्वच्छ, सफा वरपर, डेङ्गु भाग्छ परपर’’ भन्ने नारा लगाउँदै कक्षा ७ देखि १० का विद्यार्थीहरू अभियानमा सहभागी थिए । ‘डेङ्गुबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ’, ‘सुम्निमामा हल्ला छ, डेङ्गु हटाउने सल्लाह छ’ भनेर लेखिएको प्ले कार्डसहित विद्यालयबाट निस्किएको विद्यार्थीहरूको ¥याली भोटेपुल, सभागृह मार्ग, बम्जन टोल, पुरानो क्याम्प रोड, दीपेन्द्र चोक, भिक्टोरिया चोक हुँदै पुनः विद्यालयमा आएर टुङ्गिएको शिक्षक प्रताप राईले जानकारी दिए ।

विद्यार्थीहरूले डेङ्गु लागेको लक्षण र यसबाट बच्ने उपायहरू लेखिएका पर्चाहरू सर्वसाधारणलाई वितरण गरेका थिए । उनीहरूले मुख्य मुख्य स्थानमा डेङ्गु सचेतना सम्बन्धी पम्प्लेट समेत टाँसेका थिए । शिक्षक राईका अनुसार ¥यालीका क्रममा विद्यार्थीहरूले ठाउँठाउँमा डेङ्गु सचेतना सम्बन्धी जानकारी दिएका थिए । सामाजिक सेवा र सन्देश प्रवाह गर्नका लागि सचेतना अभियान सञ्चालन गरिएको विद्यालयका प्रिन्सिपल योबा राईले बताए ।

विद्यार्थीहरूले सचेतना मात्र नभएर सरसफाई पनि गर्ने गरेको विद्यालयकी सञ्चालक रीता योङहाङले बताइन् ।

sumnima school  (1)