इटहरीः पूर्वमा बजार बिस्तारको क्रममा रहेको कामना सेवा विकास बैंकले झापाको २ स्थानमा शाखा सञ्चालन गरी शाखा सङ्ख्या ८९ वटा पु¥याएको छ ।

बैंकले कमल गाउँपालिका– ५, पाडाजुंँगी र बुद्धशान्ति गाउँपालिका–१, बुधबारेमा जेठ ३० गतेदेखि शाखा सञ्चालन गरी कारोबार शुरु गरेको हो ।

८९ वटा शाखा कार्यालय तथा ४० वटा एटीएममार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।