उर्लाबारीः मोरङको उर्लाबारी–७ मा शनिबारदेखि ७ दिने योग शिविर शुरु भएको छ । उर्लाबारी नगरपालिका वडा नं. ७ को आयोजनामा शुरु भएको सो शिविरमा योग विज्ञान स्वास्थ्य शिविर उर्लाबारी–७ को व्यवस्थापकीय सहयोग रहेको छ ।
उर्लाबारी नगरपालिकाकी उपमेयर लक्ष्मी भण्डारीको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा वडाध्यक्ष वीरबल थापालगायतले योगको महत्वको बारेमा प्रष्ट पारेका थिए ।