इटहरीः उद्योग वाणिज्य तथा आपुर्ती क्षेत्रमा उपभोक्ता ठगिने विभिन्न बहाना भएको भन्दै सचेत रहन आग्रह गरिएको छ । शुक्रवार इटहरीमा प्रदेश एकको उद्योग पर्यटन, बन तथा वातावरण मन्त्रालयले गरेको अन्तक्रिया कार्यक्रममा तीनै तहका सरकार गम्भिर नबने उपभोक्ता मारमा पर्ने वक्ताहरुको भनाइ छ ।

उपभोक्ता अभिकारकर्मी कृष्णप्रसाद भट्टराई मार्सेलीले सरकारी नियकाले जिम्मेवारपुर्वक काम गर्न नसकेको बताए । उपभोक्ता जागरको अभियानमा लामो समय देखि लागि परेका उनले उपभोक्तालाई सचेतना जगाउनुआवश्यक रहेको तर्क गरे । ‘बजारमा बथिति छ, हरेक तहमा बजार अनुुगमन समिति बनाइ काम अघि बढाउने हो’ उनले भने ‘अधिकाँश स्थानीय सरकारालाई आफ्नो जिम्मेवारीको बारे अनविज्ञ हुँदा जनता मारमा परिरहेका छन् ।’

नागरिक समाज इटहरीमा अध्यक्ष दिनेश रसाइलीले सरकारले जिम्मेवारपुुर्ण ढंगले प्रचलित कानुनको कडाइका साथ पालना गराइदिए मात्र पनि जनता बजारबाट ठगिनुु नपर्ने तर्क गरे । जनताको अधिक भर तल्लो तहको सरकार रहेको भन्दै पालिका स्तरका निकाय बढि सक्रिय हुनुपर्ने उनको सुुझाव छ । त्यस्तै उपभोक्रा अधिकारवादी संस्थाहरु समेत सक्रिय हुन नसकेको भन्दै जे उदेश्यले स्थापित हुने सो को भुमिका खेल्नसमेत उनोा आग्रह थियो ।

मन्त्रालयका सचिव बद्रिराज ढुुँगानाले उपभोक्ताका गुनासा पालिकास्तरमा मात्र नभएर प्रदेश मन्त्रालयमा समेत आउने गरेको हुँदा खास उपभोक्ताका समस्या सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताए । उनले प्रदेश सरकारले स्पष्ट नीति बनाएर उपभोक्ता जागरणका कार्यक्रम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रदेश सरकारले उद्योगी, व्यवसायी, नागरिक समाज, पत्रकार लगाएत विभिन्न क्षेत्रका व्यक्तिहरुसँग छलफल चलाएको थियो । छलफलमा करिब ४० जनाव्यक्तिको सहभागीता रहेको थियो ।