इटहरीः यमाहाले साङ्गीतिक सडक शोसहित आफ्नो नयाँ मोडलको उत्पादन भोलि लञ्च गर्ने भएको छ ।

ख्यातिप्राप्त राष्ट्रिय कलाकारको साङ्गीतिक टोलीले इटहरीको पश्चिमलाइन टेम्पो स्टेण्डमा ‘रोड शो’ कार्यक्रम गर्ने भएको हो । सो कार्यक्रममा यमाहाले हालै बजारमा ल्याएको नयाँ मोटरसाइकल एफजेडएसभी थ्री एबीएस सार्वजनिक गर्ने यमाहाको आधिकारिक बिक्रेता तिरुपति अटो सिटी इटहरीले जनाएको छ ।