विराटनगरः मोरङको रतुवामाई–८ मा रहेको दाम्राभिट्टा सेकेण्डरी इङ्लिस स्कुलमा विद्यार्थीलाई दन्तमञ्जन र ब्रस वितरण गरिएको छ । स्कुलको आयोजनामा बालबालिकालाई दन्त चेतना अभियान अन्तर्गत मञ्जन र ब्रस वितरण गरिएको हो ।

बालबालिकामा दाँतसम्बन्धी सचेतना जगाउन उक्त कार्यक्रम आयोजना गरिएको स्कुलका प्रिन्सिपल पङ्कज खड्काले जानकारी दिए ।

छिटै स्वास्थ्य शिविर समेत सञ्चालन गर्ने तयारी रहेको विद्यालयको भनाइ छ ।