इटहरीः सोनालिका ट्याक्टर कम्पनीले पहिलेको मोडलको ट्याक्टरलाई मोडिफाइ गर्दै नयाँ मोडलको ट्याक्टर बजारमा ल्याएको छ ।

गोर्खा ५१ आर एक्स प्लस नामक ट्याक्टर बजारमा आएको हो । बिहीबार इटहरीको इम्पेरियल ब्याङ्क्वीटमा भएको कार्यक्रममा कम्पनीका म्यानेजिङ डाइरेक्टर कबिन श्रेष्ठले नयाँ मोडलको लञ्च गरेका छन् ।

कार्यक्रममा बोल्दै श्रेष्ठले पहिलेभन्दा अहिलेको सोनालिका ट्याक्टरमा धेरै नै विशेषता भएकाले नेपालको हावापानी र बाटोमा उपयुक्त हुने गरी भारतमा ३ वर्षको परीक्षणपछि नेपालमा ट्याक्टर भित्र्याइएको बताए । सो ट्याक्टरमा ७ फिट रोडाभेटर सजिलै तान्न सक्ने, अधिकतम टर्क २०५ एनएम भएको र ५ वर्षको वारेन्टी भएको उनको भनाइ थियो ।

थोरै डिजलमा धेरै शक्ति र धेरै गति, औंलाको नियन्त्रणले हाइड्रोलिक सञ्चालन हुने, कम्पनीको डीसीभीले गर्दा ट्रली उठाउन सजिलो, अगाडिबाट नउठ्ने र राम्रो बम्पर प्याकेज रहेको सेल्स म्यानेजर चुणामणि श्रेष्ठले बताए । कार्यक्रममा १ जना व्यापारीले १० वटा मोडलका ट्याक्टर खरीद गरेका थिए ।

sonalila lunch  (1)