१.महालेखा परीक्षकको कार्यालयले २०७५ चैत्र २९ मा प्रस्तुत गरेको ५६ औं वार्षिक प्रतिवेदनअनुसार आव २०७४/७५ सम्ममा मुलुकको कूल बेरुजु रकम कति पुगेको छ ?
– रु. ५ खर्ब ८३ अर्ब ६६ करोड
२. राष्ट्रिय विकास परिषद २०७५ को गठन कहिले भएको हो ?
– वि.स. २०७५ चैत्र ८
३. नेपाल साप्ताहिकद्वारा वर्ष व्यक्ति २०७५ कसलाई घोषणा गरियो ?
– कञ्चनपुरकी दुर्गादेवी पन्त (निर्मला पन्तकी आमा)
४. नेपाल भ्रमण वर्ष २०२० को सफ्ट लन्चिङ कहिले गरियो ?
– वि.स. २0७५चैत्र ३०, पर्यटकीय नगरी पोखरा
५. सहर विकास मन्त्रालयका अनुसार देशभर कति स्थानमा नयाँ सहर निर्माण गरिने भएको छ ?
– ४५ (२७ नयाँ सहर, १३ स्मार्ट सिटी र पाँच हिमाली सहर) २७ नयाँ सहरमध्येमध्य पहाडी लोकमार्गअन्तर्गत १२, हुलाकी लोकमार्ग अन्तर्गत १०, तराइमधेश अवस्थित पाँच नयाँ सहरका साथै १३ ओटा स्मार्ट सिटी र पाँचवटा हिमाली सहर निर्माण गरिने भएको । )
६. इङ्ल्यान्ड र वेल्स त्रिकेट बोर्डले आगामी वर्षदेखि क्रिकेट खेलमा सुरु गर्न थालेको नयाँ फर्म्याट कुन हो ?
– द हन्ड्रेड
७. राष्ट्रिय खेलकुद प्रतियोगिताको इतिहासमा पहिलो पल्ट प्याराग्लाइडिङ खेल कहिले समावेश गरिएको हो ?
– आठौं राष्ट्रिय खेलकुद
८. राजधानी काठमाडौंबाट सबैभन्दा नजिकमा रहेको जुगल हिमालअन्तर्गत ‘ग्याल्जेन पिक’मा पहिलो पल्ट सफल आरोहण कहिले गरियो ?
– वि.सं २०७५ चैत्र २६ (सन् २०१९अप्रिल ९)
९. प्राचिन ओलम्पिक खेलको सुरुवात ग्रिसको ओलम्पिकबाट भएको थियो भने आधुनिक ओलम्पिक खेलेको सुरुवात कहाँबाट भएको हो ?
– एथेन्स (ग्रिस)
१०. इतिहासमै पहिलोपटक ब्ल्याकहोलको तस्विर कहिले सार्वजनिक गरिएको हो ?
– सन् २०१९ अप्रिल १०
११. प्रथम विश्व मानवीय शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– सन् २०१६ मे, टर्कीको इस्तानबुल
१२. संयुक्त राष्ट्रसंघीय बालकोष(युनिसेफ) द्वारा हालै प्रकाशित एकप्रतिेदन अनुसार नेपालको पूर्व प्राथमिक शिक्षामा भर्नादर कति रहेको छ ?
– ८६ प्रतिशत
१३. नेपालको कुन ठाउँमा ‘जैविक विविधताशैक्षिक उद्यान’ स्थापना गरिएको छ ?
– गोदावरी (ललितपुर), विसं २०७३ असोज
१४. अंशुबर्माको शासनकालमा भारतका शासक सम्राट हर्षबद्र्धन थिए भने तिब्बतका शासक को थिए ?
–स्रङचङ गम्पो
१५. काठको प्रयोग गरी विभिन्न मूर्ति, भाँडा एवं झ्याल ढोका, टुँडाल, फर्निचर, आदि निर्माण सम्बन्धी कलालाई के भनिन्छ ?
– काष्ठकला
१६. राष्ट्रिय योजना आयोग र युनिसेफले संयुक्त रुपमा गरेको एकअध्ययनअनुसार नेपालमा हाल उत्पादनशील अथवा १५ देखि ६४ वर्ष उमेर समूहकोजनसङ्ख्याको हिस्सा कति रहेको छ ?
– ६२.६८ प्रतिशत
१७. नेपाल सरकारद्वारा पाँच विकास क्षेत्रको प्रावधान खारेज गर्ने निर्णय कहिले भएको हो ?
– वि.सं २०७५ चैत्र २८
१८. राष्ट्रिय कलाश्री सम्मान २०७५ बाट सम्मानित हुने स्रष्ष्टा को हुन् ?
–वैरागी काइला
१९. अक्षय तृतीया कहिले पर्छ ?
– वैशाख शुक्ल तृतीया
२०. विश्व होमियोपेथिक दिवस कहिले मनाइन्छ ?
– अप्रिल १०
२१. वाणिज्यको खैरो कागज भनेर कुन नगदे बालीलाई चिनिन्छ ?
– सनपाट
२२. नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम कहिले सुरु गरेको हो ?
– वि.सं २०७२ चैत्र २५ ( सुरुवाती चरणमा बागलुङ, इलाम, बैतडी, अछाम, पाल्पा, म्याग्दी, कास्की र कैलालीमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनगरिएको ।)
२३. नेपालमा चिनियाँ नागरिकलाई फ्री भिसा दिने निर्णय कहिले गरियो ?
– वि.सं २०७२ पुष १०
२४. विश्व बैंक द्वारा हालै (सन् २०१९ अप्रिल) प्रकाति साउथ एसियनइकोनामिक फोकस, एक्सपर्ट वान्टेड नामक प्रतिवेदन अनुसार सन् २०१९ मा दक्षिणएसिया क्षेत्रको आर्थिक वृद्धिदर कति कायम हुने अनुमान छ ?
– ७ प्रतिशत
२५. नाइजेरियामा क्रियाशील विद्रोही समूह बोकोहराम हो भने प्यालेस्टाइनमा क्रियाशील विद्रोही समूह कुन हो ?
– हमास
२६. निकृष्ट बालश्रम मुक्त घोषणा हुने देशकै पहिलो नगर कुन् हो ?
– हेटौंडा उपमहानगरपालिका
२७. अमलेखगन्जको पुरानो नाम भिक्षापोखरी हो भने बाल्मीकीनगरको पुरानो नाम के हो ?
– भैंसालोटन
२८. ‘प्रत्येक शब्द, विचार र कर्मले तिम्रो भाग्य निर्माण गर्छ’ भन्न विचारक को हुन् ?
– विवेकानन्द
२९. पहिलो पटक भारतीय प्राविधिक टोलीले सगरमाथाको उचाइ मापन कहिले गरेको हो ?
– सन् १९५४