धरानः धरान–१२ स्थित सुनाखरी एकेडेमीले नगर र जिल्लास्तरीय प्रतियोगितामा विजेता बन्ने छात्रछात्रालाई सम्मान गरेको छ ।
विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा प्रिन्सिपल मिलनकुमार राई, निर्देशक प्रदीप राई, शिक्षकलगायतले उनीहरूलाई सम्मान गरेका थिए । शिक्षा तथा समन्वय इकाई सुनसरीद्वारा आयोजित जिल्लास्तरीय विद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा स्थानीय तहस्तरीय प्रतयोगितामा सहभागी भएकी विनिशा राईले नृत्यमा प्रथम स्थान ल्याएकी थिइन् ।
प्रतियोगितामा सोही स्कुलकी छात्रा निरुपा लिम्बू पहिलो भएकी थिइन् । यस्तै, विद्यार्थी पहिचान कार्यक्रम अन्तर्गत नै धरान नगरस्तरीय प्रतियोगितामा पनि उनीहरू प्रथम बनेका थिए । जेठ १९ र २० गते कार्यक्रम आयोजना भएको थियो । सहायक प्रजिअ धु्रवबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनीहरू पुरस्कृत बनेका थिए ।
यस्तै, प्रदेश १ स्तरीय टेबलटेनिस प्रतियोगितामा १ स्वर्ण र १ रजत ल्याउँदै बिजेता बन्ने श्रेया शाक्य र २ स्वर्णपदक प्राप्त गर्ने अनमोल बिकलाई पनि सम्मान गरियो । यस्तै, प्रदेश नं. १ स्तरीय करातेमा तेस्रो बन्ने खुशी लिम्बू, लुङमाफुङ लिम्बू, प्रकृति खापुङ, किरण राई र खगेन्द्र राईलाई पनि सम्मान गरिएको थियो ।
एनप्याब्सनले धरानमा आयोजना गरेको इन्टर स्कुल ह्याण्डराइटिङ कम्पिटिसनमा चौथो बन्ने सुजन लिम्बूलाई पनि पुरस्कृत गरिएको थियो ।