१. भगवान विष्णुका दश अवतार केके हुन् ? – मत्स्य, कुर्म, बराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की ।
२. काठमाडौँको चोभारमा निर्माण गर्न थालिएको सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा कुन अन्तर्राष्ट्रिय संस्थाले सहयोग गर्ने भएको छ ? – विश्व बैङ्क
३. नेपालमा हात्तीपोलो प्रतियोगिता कहिलेदेखि सुरु भएको हो ? – सन् १९८२ ।
४. नेपाल सरकारद्वारा वैदेशिक रोजगारसम्बन्धी गुनासो सुनुवाइका लागि ‘कल सेन्टर’ कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ? – वि.सं. २०७५ चैत १८ ।
५. एसियाली विकास बैङ्कद्वारा २०७५ चैतमा प्रकाशित एक प्रतिवेदनअनुसार आव २०७५।७६ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? - ६.२ प्रतिशत
६. मध्य तराईको बारा र पर्सामा विशाल जनधनको क्षति पुर्याउने गरी विनाशकारी हावाहुरी कहिले आयो ? - वि.सं २०७५ चैत १७
७. पहिलो पटक औपचारिक रूपमा लोपोन्मुख कुसुन्डा भाषाको पढाइ कहाँ सुरु गरिएको छ ? - लमही (दाङ)
८. टी–२० विश्वकप क्रिकेटमा पहिलो ह्याट्रिक विकेट लिने बलर को हुन्? - अस्ट्रेलियाका ब्रेट ली (सन् २००७ को टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा उनले बङ्गलादेशविरुद्ध खेलमा ह्याट्रिक गरेका थिए।)
९. १५ औँ पञ्चवर्षीय योजना (२०७६।७७–२०८०।८१) को आधारपत्रअनुसार आगामी पाँच वर्षमा देशको आर्थिक वृद्धिदर कति पुर्याउने लक्ष्य छ ? - १०.३ प्रतिशत
१०. कजाकस्तानले आफ्नो देशको राजधानीको नाम परिवर्तन गरी के नामकरण गरेको छ ? -नुर सुल्तान (सन् २०१९ मार्च २३ मा राजधानी अस्तानाको नाम परिवर्तन गरी नुर सुल्तान बनाइएको हो ।)
११. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा सिरियामा खटाइएका अमेरिकी फौज फिर्ता गर्ने घोषणा कहिले गरिएको हो ? -सन् २०१८ डिसेम्बर १९
१२. नेपाल इन्भेस्टमेन्ट समिट–२०१९ को आयोजना कहिले गरियो ? -वि.सं. २०७५ चैत १५ र १६
१३. नेपाल टेलिकमद्वारा फोर्थ जेनेरेसन (फोरजी) सेवा कहिलेदेखि सुरु गरिएको हो ? -वि.सं. २०७३ पुस १७
१४. मुलुकी देवानी (संहिता) ऐन, २०७४ अनुसार कति वर्ष उमेर पूरा नगरेको बालबालिकालाई नाबालक मानिन्छ ? -१८ वर्ष
१५. नेपाल राष्ट्र बैङ्कद्वारा हाल खरिद र बिक्रीको सुविधा प्रदान गरिएका विदेशी मुद्राको सङ्ख्या कति रहेको छ ? - २१ विदेशी मुद्रा (राष्ट्र बैङ्कले पछिल्लोपटक हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, स्वीडिस क्रोनर र डेनिस क्रोनरको बिक्री खुला गरेको ।)
१६. विश्वमा सबैभन्दा बढी उमेरमा प्रधानमन्त्री बनेका नेता को हुन् ? - महाथिर मोहम्मद (मलेसिया) (सन् २०१८ मे ९ मा सम्पन्न निर्वाचनमा ९२ वर्षको उमेरमा उनी त्यहाँको प्रधानमन्त्री पदमा निर्वाचित भएका हुन्।)
१७. कोप–२४ सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? - सन् २०१८ डिसेम्बर २–१४, पोल्यान्डको कोटोविस
१८. परराष्ट्र मन्त्रालयद्वारा प्रकाशित सन् २०१७।१८ को प्रतिवेदन अनुसार हाल विश्वका कति राष्ट्रमा नेपाली दूतावास रहेका छन् ? - ३० राष्ट्र
१९. अन्तर्राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा अर्धशतक बनाई कीर्तिमान कायम बनाउने विश्वकै कान्छा खेलाडी को हुन् ? - सन्दीप जोरा (नेपाल)
२०. २०७५ का लागि नेपालको सबैभन्दा ठूलो मान पदवी नेपाल रत्न कसलाई प्रदान गरियो ? – स्व. पुष्पलाल श्रेष्ठ