इटहरीः नेपाल आयल निगमले पेट्रोलको मूल्य समायोजन गरेको छ । बुधबार मूल्य समायोजन भएसँगै पेट्रोलको मूल्य १ सय १० रुपैयाँ कायम भएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट प्राप्त भएको मूल्यसूचीअनुसार बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य १ रुपैयाँ घटाएको हो ।
निगमले अन्य पेट्रोलियम पदार्थ डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ । खाना पकाउने ग्यासको मूल्य पनि यथावत रहेको निगमका उपनिर्देशक विनितमणि उपाध्यायले जानकारी दिए ।