इटहरीः एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरी शाखाको आयोजनामा बृहत अष्ट्रेलियन एजुकेशन सेमीनार इटहरीस्थित होटल बरन्डाको सभाहलमा सम्पन्न सम्पन्न भएको छ ।

सेमीनारमा इटहरी आसपासका करिब ५ सय विद्यार्थी सहभागी भएका थिए । उक्त सेमीनारमा झण्डै एक दर्जन कलेज तथा विश्वविद्यालयका प्रतिनिधिको सहभागिता रह्यो । चाल्स स्टर्ड युनिभर्सिटी, भिक्टोरिया युनिभर्सिटी, युनिभर्सिटी अफ साउदर्न क्युनसलेण्ड, टोरेन्स युनिभर्सिटी एजुकेशन सेन्टर अष्ट्रेलिया, साउदन क्रस युनिभर्सिटी, होम्स इन्स्टिच्युट, कप्लान बिजनेश स्कुलका प्रतिनिधिसँग विद्यार्थीले विभिन्न जिज्ञासा राखेका थिए ।

त्यस्तै, ब्राइटन कलेज, फेडरेसन युनिभर्सिटी क्युनसलेण्ड इन्टरनेशनल बिजनेस एकेडेमी (क्युआईबीए), अष्ट्रेलिएन स्किल मेनेजमेन्ट लगायतका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरूसँग भेटी विद्यार्थीले ती कलेजको बारेमा जानकारी लिएका थिए ।
सेमीनारमा भएको छलफलपछि आफ्नो करियरलाई अगाडि बढाउन थप मद्दत पुगेको आयोजक संस्थाको इटहरी शाखाका निर्देशक भवकृष्ण तिम्सिनाले बताए ।

कार्यक्रममा एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसका सीईओ सञ्जीव शर्माले अष्ट्रेलिया विद्यार्थीको रोजाइको देश भएको र विश्वविद्यालय तथा कलेजको बारेमा पूर्ण रूपमा जानकारी लिई अध्ययन गर्न जान विद्यार्थी र अभिभावकलाई आह्वान गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य इटहरी शाखाका एकेडेमिक प्रमुख मुक्तिनाथ घिमिरेले गरेका थिए ।

अभिभावकका तर्फबाट राजन भेटवालले बोलेका थिए । कार्यक्रमको अध्यक्षता एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीका प्रबन्ध निर्देशक कमल तिम्सिनाले गरेका थिए ।

expert itahari  (1)