धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा तथा दन्तचिकित्सा शास्त्र शिक्षक कल्याण समाजमा नयाँ नेतृत्व चयन भएको छ । सोमबार सम्पन्न समाजको निर्वाचनबाट नयाँ कार्य समिति चयन भएको हो ।
समाजको अध्यक्षमा डा.विष्णु पोखरेल विजयी भएका छन् । उनले १ सय ४३ मत पाएका थिए । पोखरेलका प्रतिद्वन्द्वी डा. रोशनप्रसाद साह कलवारले ९३ मत पाएका छन् ।
यस्तै, उपाध्यक्षमा डा. शिवेन्द्र झा विजयी भएका छन् । उनले १ सय ५७ मत पाए भने प्रतिद्वन्द्वी डा. विजयादेवी अर्यालले ७२ मत पाइन् । यस्तै, महासचिवमा डा. सूर्यप्रसाद रिमाल विजयी भए । सहसचिवमा डा.सन्दीप साह विजयी भएका छन् ।
कोषाध्यक्षमा डा.अञ्जनीकुमार यादवले १ सय ३३ मत पाएर विजयी भएका छन् । सदस्य पदमा डा. लक्ष्मण खनाल, डा. मनोज भट्टराई, डा. भुपेन्द्र साह, डा. निर्मलप्रसाद साह र डा. प्रकाश मादेन लिम्बू विजयी भए । ५ जना सदस्यको सिटमा ११ जनाले उम्मेद्वारी दिएका थिए ।