१. संघीय संसदबाट आर्थिक वर्ष २०७६/०७७ का लागि प्रस्तुत भएको बजेटमा कति प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखिएको छ ?
- ८.५% (मुद्रास्फिती ६ %, कुल बजेट १५ खर्व ३२ अर्ब ९६ करोड ७१ लाख, चालुतर्फ ६२.४% र पुँजीगततर्फ २६.९%)
२. अन्तर्राष्ट्रिय जैविक विविधता दिवस २०१९ मे २२ को नारा के रहेको छ ?
- ‘खाद्यान्न र स्वस्थ्य जीवनका लागि जैविक विविधता’
३. भर्खरै नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा को नियुक्त भएका छन् ?
- उमेश पटवाल (भारत)
४. १२औँ संस्करणको आइपिएल क्रिकेट २०१९ को विजेता कुन टोली भएको छ ?
- मुम्बई इन्डियन्स (उपविजेता चेन्नई सुपर किङ्स)
५. विश्व सिमसार दिवस २ फेब्रअरी २०१९ को नारा के रहेको थियो ?
- (सिमसार र जलवायु परिवर्तन) Wetland And Climate Change
(नेपालले सन १९९१ देखि यो दिवस मनाउँदै आएको छ ।)
६. दुर्लभ वन्यजन्तु रेड पाण्डा अर्थात् हाब्रेको प्रजनन केन्द्र कहाँ स्थापना गरिएको छ ?
- इलामको सन्दकपुर
७. २०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहितामा कति भाग रहेका छन् ?
- ६ भाग
८. २०७४ सालको पद्मश्री साहित्य पुरस्कार कसलाई प्रदान गरियो ?
- नवराज पराजुली
९. ओजोन तह बचाउ सम्बन्धी ‘मन्ट्रियल महासन्धि’लाई नेपालले कहिले अनुमोदन गर्यो ?
- २०७५ भदौ ७ गते
१०. पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन कहिले भयो ?
- २०७५ पौष ३ गते
११. संयुक्त महासंघका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापनार्थ कार्य (एक्सन फर पिसकिपिङ)को आरम्भ कहिले गरे ?
- सन् २०१८ मार्च २८
१२. विश्वको पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन् ?
- अनुसेह अन्सारी (अमेरिका- इरानेली मूल)
१३. नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको १६६औँ मुलुक कुन हो ?
- इस्वातिनी (२०१९ मे ९ मा, यसको पुरानो नाम स्वाजिल्यान्ड हो)
१४. अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ ?
- मे १२
१५. २०१९ मा नेपालमा सञ्चालन हुने १३औँ दक्षिण एसियाली खेलकूदको लोगो र मस्कटका डिजाइनर को हुन् ?
- भोलानाथ पौड्याल
१६. (BRICS) ब्रिक्सको ११औँ सम्मेलन २०१९ मा कुन देशमा हुँदै छ ?
- ब्राजिल (१०औँ २०१८ मा दक्षिण अफ्रिकाको जोहानसवर्गमा भएको थियो ।)
१७. नेपालले सर्वप्रथम कुन देशसँग श्रम सम्झौता गरेको थियो ?
- कतार
१८. Father Of Microbiology भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ?
- लुई पास्चर
१९. २०७६ जेठ ४ मा मनाइएको बुद्ध जयन्ती कतिऔँ बुद्धजयन्ती हो ?
- २५६३ औँ
२०. आर्थिक सर्भेक्षण ०७५/७६ अनुसार कति प्रतिशत नागरिक विद्युत्को पहुँचमा पुगेका छन् ?
- ७७.८ प्रतिशत (२०७५/७६ फागुनसम्ममा कुल विद्युत् उत्पादन ११४२ मेघावाट रहेको छ ।)
याे पनिः