धरानः एन प्याब्सन धरानले आयोजना गरेको धरानभरका विद्यालयका बीच भएको ‘ह्याण्डराइटिङ कम्पिटिसन’ मा प्रावि तहमा धरान–८ स्थित जुनियर पायोनियर स्कुलका थेसिस यादव पहिलो भएका छन् ।
यस्तै, धरान–१७ स्थित इमानुएल स्कुलकी कृपा राई दोस्रो, धरान–१ स्थित युरेका आवासीय माविका इशान क्षत्री तेस्रो र धरान–११ स्थित लिवर्टी रेसिडेन्सियल स्कुलकी साइना माझी चौथो बनिन् ।
यस्तै, निमावितर्फ धरान–१५ स्थित धरान स्कलर्स एकेडेमीकी दीक्षा श्रेष्ठ पहिलो, धरान–१ स्थित धरान आदर्श माविकी दीपिका लिम्बू दोस्रो, धरान–९ स्थित बुद्ध आदर्श बोर्डिङ स्कुलकी समीक्षा राई तेस्रो र धरान–८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलकी सन्ध्या राई चौथो बनिन् ।
यस्तै, मावितर्फ धरान–१५ स्थित पदम मेमोरियल स्कुलका आश्विन राई पहिलो, धरान स्कलर्स एकेडेमीका एञ्जल जिमी दोस्रो, धरान–१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलकी सीता ल्वागुन तेस्रो र सुनाखरी एकेडेमीका सुजन लिम्बू चौथो बने ।
सुनाखरी एकेडेमीको प्राङ्गणमा भएको कार्यक्रममा सुनाखरीकै छात्राले नृत्य पनि पस्किएका थिए । कार्यक्रममा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका शिक्षा प्रमुख रत्नबहादुर कटुवाल रहेका थिए । एन प्याब्सनका केन्द्रीय सदस्य राजेन्द्र गुरुङ, प्रदेश नं. १ का सदस्य सागर खड्का, द कस्मिक स्टार प्रदेश नं. १ का मनिप शर्मा, धरान नगर अध्यक्ष भगत लिम्बू, सदस्य मिलनकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन पेम्बा शेर्पाले गरेका थिए ।