विराटनगरः ‘सदाको शिक्षा, सबैको लागिः रास्ट्रको शिक्षा, कलाको लागि’ भन्ने नारालाई मूलमन्त्र मान्दै प्याब्सन विराटनगरले प्याब्सन आँगन कार्यक्रम गर्ने भएको छ ।
सो कार्यक्रममा एकल खुला गायन तथा नृत्य प्रस्तुत हुने भएको छ । विराटनगर, ग्रामथान र बुढीगंगाभित्रका प्याब्सन सदस्य विद्यालयबीच प्रतियोगिता हुने बताइएको छ । जेठ ३२ गतेबाट अडिसन शुरु भई साउन २४ गते फाइनल राउण्ड वीरेन्द्र सभागृह विराटनगरमा हुने प्याब्सन विराटनगर अध्यक्ष इन्द्र राईले जानकारी दिए ।
प्याब्सन आबद्ध विद्यालयले अधिकतम छ जना प्रतियोगी सामेल गराउन पाउने र विविध विधामा प्रस्तुति दिन सक्ने बताइएको छ ।