धरानः सम्यक शिक्षा आधारभूत विद्यालय धरान–१७ उदयटोलका सम्पूर्ण विद्यार्थीलाई धरान राउण्ड टेबल २६ ले निःशुल्क विद्यालय पोशाक वितरण गरेको छ ।

पोशाक वितरण कार्यक्रमको सभापति धरान राउण्ड टेबलका अध्यक्ष विवेक अटल रहेका थिए । धरान राउण्ड टेबलका कोषाध्यक्ष कृष्णकुमार अटल, कार्यक्रम संयोजक दिनेश अग्रवाल, सदस्य निमेश अग्रवाल, सोमन्त अग्रवाल र रसना अग्रवाल पनि कार्यक्रममा उपस्थित थिए ।

सो विद्यालयलाई विगत ३ वर्षदेखि धरान राउण्ड टेबलले विभिन्न सहयोग गर्दै आइरहेको छ । यस वर्ष विद्यार्थीलाई विद्यालयले नै सिसाकलम, इरेजर र साप्नर निःशुल्क वितरण गर्ने विद्यालयका प्रधानाध्यापक सरोज श्रेष्ठले बताए ।