इटहरीः जेठ २० गते इटहरीमा एक्स्पर्ट एजुकेशनले बृहत् अष्ट्रेलियन एजुकेशन सेमीनार गर्ने भएको छ । बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सेमीनार हुने एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस इटहरीका निर्देशक भवकृष्ण तिम्सिनाले बताए ।
अष्ट्रेलियन एजुकेशनसम्बन्धी सम्पूर्ण जानकरी दिने उद्देश्यले सेमीनारको आयोजना गर्न लागिएको तिम्सिनाले बताए । सेमीनारमा आयोजक संस्थाका परामर्शदातासँगै झण्डै एक दर्जन कलेजको सहभागिता रहने बताइएको छ ।
चाल्स स्टर्ड युनिभर्सिटी, भिक्टोरिया युनिभर्सिटी, युनिभर्सिटी अफ साउदर्न क्युनसलेण्ड, टोरेन्स युनिभर्सिटी, फिलिण्डर इन्टरनेशनल स्टडी सेन्टर, एजुकेशन सेन्टर अष्ट्रेलिया, साउदन क्रस युनिभर्सिटी, होम्स इन्स्टिच्युट, कप्लान बिजनेश स्कुल, ब्राइटन कलेज, फेडरेसन युनिभर्सिटीलगायत सहभागी हुने भएका छन् ।
विद्यार्थीहरूलाई विदेशमा पुगेर शिक्षण गर्दा कुनै पनि समस्या वा अन्योल नहोस् भनेर यस्ता सेमीनार गर्ने गरिएको आयोजक संस्थाले जनाएको छ ।