धरानः धरान–१३ स्थित सुनगाभा बोर्डिङ स्कुलमा अन्तर सदनस्तरीय गायन प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा सिनियर र जुनियर गरी २ समूहमा प्रतिष्पर्धा भएको थियो । सिनियरतर्फ हरियो सदनकी साइन श्रेष्ठ पहिलो, हरियो सदनकै एन्जल गुरुङ दोस्रो र पहँेलो सदनका निश्चल शेर्पा तेस्रो भएका थिए ।
जुनियरतर्फ रातो सदनकी निबिस्ता श्रेष्ठ पहिलो, निलो सदनकी दिया श्रेष्ठ दोस्रो र पहेँलो सदनकी अन्जली राई तेस्रो भएका थिए । पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीहरूलाई स्कुलका प्रिन्सिपल सागर अधिकारीले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
विद्यार्थीको आन्तरिक क्षमतालाई उजागर गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्रिन्सिपल अधिकारीले जानकारी दिए । प्रतियोगिताको निर्णायकमा शिक्षकद्वय वर्षात तामाङ र खुश्बु लिम्बू रहेका थिए ।