पथरीः केही वर्ष अघिसम्म क्षयरोगीको राजधानीको संज्ञा दिइने मोरङको पथरीशनिश्चरे नगरपालिकामा लुकेर रहेका क्षयरोगीको खोजी अभियान शुरु भएको छ ।

नगरपालिकाले ‘क्षयरोग खोजपड्तालको लागि घरदैलो अभियान तथा माइक्रोस्कोपिक शिविर सञ्चालन अन्तरक्रिया तथा योजना तर्जुमा गोष्ठी आजदेखि शुरु गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राईले स्वास्थ्यको क्षेत्रमा नगरपालिका संवेदनशील रहेको बताए । लगभग ६० हजार जनसङ्ख्या रहेको पथरीशनिश्चरेमा गत आर्थिक वर्षमा १ सय १३ र जना र चालु आर्थिक वर्षको हालसम्ममा १ सय २० जनाले क्षयरोगको औषधि सेवन गरिरहेको नगर स्वास्थ्य संयोजक मुरारी आचार्यले बताए ।

नेपालमा ४५ देखि ५० प्रतिशत मानिसलाई क्षयरोग देखिने गरेको बताइएको छ । आर्थिक वर्ष ०७४÷७५ को तथ्याङ्कले ४५ हजार क्षयरोगी नेपालमा भएको जनाइए पनि हालसम्म ३२ हजार ४ सय ७४ जनाको मात्र पहिचान भएको जनाइएको छ ।

नेपालमा वार्षिक रूपमा क्षयरोगले ५ हजारदेखि ७ हजार मानिसको ज्यान जाने तथ्याङ्क रहेको छ । सन् २०५० सम्ममा नेपालमा यो रोग निर्मूल पार्ने बताइएको छ ।

pathari  (2)