इटहरी: पहिलो पटक एक वर्ष अघि आँखा जँचाउन वृतामोड पुग्दा ब्लड प्रेसर जाँचेकी गछियाकी लक्ष्मी भुजेलले दोस्रो पटक शनिवार गोकर्ण रिसोर्टमा प्रेसर जाँच गराइन् । उमेरले ५० कटेकी उनले नियमित प्रेसर जाँच गर्नुपर्छ भन्ने कमै थाहा पाएकी छन् । सन २०१७ बाट मे महिना भरी नै रक्तचाप मापन गर्ने र उक्त रक्तचाप सम्बन्धी जनचेतना फैलाउने गरिन्छ । अभियानका रूपमा देशव्यापी भएको यो कार्यक्रम प्रदेश एकमा चिकित्सक सुर्य पराजुलीको संयोजकत्वमा विभिन्न स्थानमा स्वयमसेवकहरु खटिएका छन् ।

सोही सिलसिलामा शनिवार मोरङको बलिया स्थित गोकर्ण र गोकुलम रिसोर्टमा आउने पर्यटकको रक्तचाप मापन गरिएको थियो । प्रदेश एकका पनि विभिन्न स्थानमा पुगेर भोलेन्टरहरुले निःशुल्क रक्तचाप मापन गर्ने गर्छन् । आफ्नो रक्तचाप जाँचिरहेकी अर्की मञ्जु भुजेलले उच्च रक्तचापबाट पीडित हुन् । उनी औषधी सेवन गर्दै छिन् । दिउँसोको चर्को घाममा घुम्न आएकी मञ्जुले भनिन् ‘घुम्न आएकी, प्रेसर जाँच गराउन पनि मिल्यो । पशुपतीको यात्रा सिद्राको व्यापार जस्तो पो भयो ।’

IMG_7723 उनीहरूसँग भेटिएकी गीता भुजेलले उक्तरक्तचापबारे धेरैले जानकारी लिन थालेको बताइन् । ‘पहिले प्रेसरले हानेको भन्ने सुनिँदैन थियो अहिले मान्छे हिँड्दा हिँड्दै बित्यो भन्छन् ।’ उनले भनिन् ‘अहिले धेरै मात्रामा अस्पताल पुगेर प्रेसर जाँच गराउने बढेकाे देख्छु ।’
शनिवार गोकर्ण र गोकुलम रिसोर्टमा गरी ६ यय २५ व्यक्तिको रक्तचाप जाँच गराएको स्वयमसेवक कुशल रिजालले जानकारी दिए । उनले अन्य स्थानमा समेत पुगेर रक्तचाप जाँच गर्ने कार्यलाइ निरन्तरता दिने बताए ।

IMG_7737