बेलबारीः बेलबारी नगरपालिका वडा नम्बर २ ले प्लाष्टिकमुक्त वडा घोषणाको पूर्व सन्ध्यामा बजार सरसफाइ गरेको छ । नगरपालिकाले यही जेठ २२ गते विश्व वातावरण दिवसको अवसरमा प्लाष्टिकको झोलामुक्त नगर घोषणा गर्ने तयारी गरेको छ । जसअन्तर्गत वडा नम्बर २ ले बजारको सरसफाइ गरेको हो ।

आइतबार सो वडालाई प्लाष्टिकको झोलामुक्त वडा घोषणा गरिँदैछ । शनिबार २ नम्बर वडाको लालभित्ती, थापा चोक, शुक्रबार हटिया लाग्ने कबिर चोकलगायतका राजमार्गमा समेत सरसफाइ गरिएको वडा सदस्य खिना थापा बस्नेतले बताइन् । यसअघि नै नगरपालिकाको कार्यालयभित्र प्लाष्टिकको बोतल हटाइसकिएको छ ।