धनकुटाः धनकुटा नगरपालिका वडा नम्बर १० का बलराम कार्कीले स्थानीय एक विद्यालयका विद्यार्थीलाई करिब १ लाख ३५ हजार मूल्यबराबरका विभिन्न सामग्री उपलब्ध गराएका छन् ।

हाल काठमाडौं बस्दै आएका निर्माण व्यवसायी कार्कीले नगरपालिकाको वडा नम्बर ३ सेउलेस्थित ज्वालादेवी आधारभूत विद्यालयका विद्यार्थीलाई विभिन्न सामग्री उपलब्ध गराएका हुन् ।

वडा नम्बर ३ का अध्यक्ष विकास घिमिरेको पहलमा प्रतिविद्यार्थी करीब ३ हजार रुपैयाँबराबरको सर्ट पाइन्ट, ट्रयाक, सुट, ब्याग तथा खाजा बोक्ने टिफिन उपलब्ध गराएका हुन् । सो विद्यालयमा ४५ विद्यार्थी रहेका छन् । उनले गत वर्षदेखि सो विद्यालयलाई सहयोग गर्न थालेका हुन् । गत वर्ष पनि सोही रकम बराबरको सामग्री उनले उपलब्ध गराएका थिए । विद्यार्थीलाई पठनपाठनमा सहजता गराउने उद्देश्यले आफ्नो कमाइबाट केही रकम कटाएर सहयोग गरेको कार्कीले बताए ।

school dhankuta posak  (1)