विराटनगरः विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा भएको हेड ब्वाइ र हेड गर्लको निर्वाचनबाट ओसियन रिमाल र रानिसा बुढाथोकी चुनिएका छन् ।
उनीहरूले शपथ ग्रहणपछि १ वर्षे कार्यकालको कार्यभार सम्हालेका छन् । नवनिर्वाचित हेड ब्याइ र हेड गर्ललाई शुक्रबार विद्यालयका विद्यार्थी र शिक्षकले बधाई ज्ञापन गर्दै कार्यकालको शुभकामना दिएका छन् ।
निर्वाचित हेड ब्याइ र हेड गर्लले विद्यार्थी र विद्यालय प्रशासनको बीचमा पुलको काम गर्ने गर्छन् । उनीहरूले विद्यार्थीको समस्या समाधान र गुणस्तीय शिक्षाका सवालमा आफूहरूले बढी चासो दिने बताएका छन् । निर्वाचित दुवै उम्मेदवार कक्षा ९ मा अध्ययनरत छन् ।