इटहरीः इटहरीको मोर्डन प्रिपेरेटरी बोर्डिङ स्कुलले अमेरिकी विद्यालयसँग भगिनी सम्बन्ध राख्ने प्रक्रिया शुरु गरेको छ ।

प्रिपेरेटरीले अमेरिकी सरकारी संयन्त्र अन्तर्गत क्यालिफोर्निया डिजास्टर रेस्पोन्स टिमका दुइ सदस्यमार्फत् अमेरिकाका विद्यालयहरूसँग भगिनी सम्बन्ध राख्ने भएको हो । डिजास्टर रेस्पोन्स टिमले प्रिपेरेटरी र अमेरिकी विद्यालयका शिक्षक र विद्यार्थी साटासाट गर्ने र अध्ययन गराउने पहल गर्ने संस्थापक प्रधानाध्यापक राजेन थापाले जानकारी दिए ।

‘शिक्षासँगै संस्कृति आदानप्रदानका लागि नयाँ कन्सेप्टले काम गर्न खोजेका हौँ’, थापाले भने, ‘आज उताबाट पाहुनाहरू आउनुभएको छ भोलिका दिनमा यताबाट हामी जान्छौँ ।’ क्यालिफोर्निया राज्यमा विपदसम्बन्धी काम गर्ने सरकारी संयन्त्रका काटिन स्च्नुअन्न, क्याली स्च्नुअन्नले मोर्डन प्रिप्रेरेटरीको भ्रमण गरेका थिए । नेपालका निजी विद्यालयको शिक्षा पद्धति हेर्न आएका उनीहरूलाई प्रिपेरेटरीले अभिनन्दनसमेत गरेको थियो ।

modern priperotary  (1)