बिराटनगरः रक्तचाप मापन अन्तर्राष्ट्रिय अभियानको अवसरमा १ नम्बर प्रदेशमा विशेष कार्यक्रम गरी शुभारम्भ गरिएको छ । कार्यक्रममा चिकित्सक, जनस्वास्थ्यबिज्ञ, नर्सिंगबिज्ञ,सञ्चारकर्मी, स्वास्थ्य प्रशासक, अनुसन्धानकर्ता र स्वास्थ्यका विविध विषयमा अध्ययन गरिरहेका बिधार्थीहरु गरी करिब २५ जनाको सहभागिता रहेको थियो ।

१ नम्बर प्रदेशका  संयोजक डा. सूर्य पराजुली लगायतको टिमले आज प्रदेश अन्तर्गत विभिन्न जिल्ला र ठाउँहरूमा रहेर संयोजन गर्ने साइट संयोजकहरूलाई यो अन्तराष्टिय अभियानको उद्देश्य र सहभागीहरूले गर्नुपर्ने क्रियाकलापहरूको बारेमा बताएका थिए । आजको प्रशिक्षणमा उच्च रक्तचाप के हो, रक्तचाप कसरी नाप्ने आदि विषयमा छलफल पनि भयो । कार्यक्रममा उदिप यादव,ईलिज़ा खतिवडा,चन्द इराकी, महबुब इराकी,डा. पार्थ गुरागाई, रक्षा थापा,अञ्जली मिश्रा, समीर दाहाल,मिलन अधिकारी, कुन्दन श्रीवास्तभ, दिग्या ज्ञवाली, पेरिशा लुइँटेल, संजना पोखरेल, रुषा उपाध्याय, राजा बाबु गुप्ता,हीरा केसी आदिको सहभागिता रहेको थियो ।

विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको सामुदायिक अनुसन्धान तथा विकास कार्यक्रम विभाग अन्तर्गत भएको कार्यक्रममा अस्पताल व्यवस्थापक अरविन्द मण्डलको पनि सहभागिता रहेको थियो । विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंग कार्कीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए । नेपालका राष्ट्रिय संयोजक हरिकृष्ण भट्टराईले कार्यक्रमलाई सबै जिल्लामा बिस्तारित गर्दै जनचेतना अभियानलाई अझ सशक्त बनाउँदै लगिने बताए । १ नम्बर प्रदेश ब्यवस्थापक होम पराजुलीले आगामी शनिबार बृहत रक्तचाप मापन तालिम कार्यक्रम गरिने बताए ।

58627250_2316067685106043_2505250480976822272_n 59615198_2301737280146331_5185282981027119104_n